सामुदायिक नेतृत्वलाई लक्षित गर्दै बाणगंगामा क्षयरोगविरुद्ध जनचेतनामूलक कार्यक्रम


पालिका पत्र

१८ जेष्ठ २०८२, शनिबार १९:५२ मा प्रकाशित

बाणगंगा, १७ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा क्षयरोग मुक्त अभियान अन्तर्गत नागरिक सामाजिक संगठन, टोल विकास संस्था तथा आमा समूह पदाधिकारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।


नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रम नगरभित्र क्षयरोग विरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो । कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकि ईन्चार्ज हिमलाल घिमिरे क्षयरोगको प्रारम्भिक लक्षण, उपचार विधि र रोकथामका उपायबारे विस्तृत जानकारी दिएका थिए ।


कार्यक्रममा सहभागीहरूलाई समुदायस्तरमा रोगको पहिचान, उपचारमा सहयोग र जनचेतना अभिवृद्धि गर्न प्रेरित गरिएको थियो । स्वास्थ्य शाखाका प्रतिनिधि, स्थानीय अगुवा, महिला समूह तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायलाई क्षयरोग मुक्त बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्