
जेठ २० गते । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले कपिलबस्तुका १० पालिकाका लागी ५ अर्ब ३० करोड ४५ लाख बजेट बिनियोजित गरेको छ । सरकारले समानिकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपूरक अनुदान मार्फत बिनियोजित कुल बजेट अन्र्तगत चालुतर्फ ४ अर्व ६७ करोड ५८ लाख बिनियोजित हुँदा पूंजीगत तर्फ ६२ करोड ८७ लाख मात्र बिनियोजन गरिएको छ ।
सरकारले कपिलबस्तुका लागी समानीकरण अनुदानतर्फ १ अर्व ५२ करोड ४ लाख, सर्शत अनुदान तर्फ ३ अर्व ४५ करोड २७ लाख बजेट बिनियोजन गरेको छ । यसैगरि जिल्लाका लागी बिशेष अनुदान अन्र्तगत १५ करोड ५३ लाख र समपूरक अनुदान तर्फ १७ करोड ६१ लाख गरि कुल ५ अर्ब ३० करोड ४५ लाख बिनियोजन गरिएको छ ।
कपिलबस्तुमा गतबर्ष ५ अर्ब १६ करोड ६५ लाख बजेट संघीय सरकारले बिनियोजन गरेको थियो । गत आर्थिक बर्ष भन्दा अहिले १३ करोड ८० लाख रुपैया बढि बजेट हो । जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर सो वजेट विनियोजन भएको हो ।
कपिलबस्तुका १० वटा पालिका मध्ये सवैभन्दा धेरै बाणगंगा नगरपालिकालाई ७१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ६४ करोड ९८ लाख चालू खर्च र ६ करोड २३ लाख पुजिगत खर्चका लागि बजेट बिनियोजित गरिएको छ । यस्तै, बुद्धभूमि नगरपालिकालाई ६५ करोड ४ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ५५ करोड ६ लाख चालू खर्च र ९ करोड ९८ लाख पुजिगत खर्चका लागि बजेट बिनियोजित गरिएको छ ।
महाराजगंज नगरपालिकालाई ६० करोड ३० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ४६ करोड ५४ लाख चालू खर्च र १३ करोड ७६ लाख पुजिगत खर्चका लागि बजेट बिनियोजित गरिएको छ ।
यस्तै शिवराज नगरपालिकालाई ५९ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ५५ करोड ६ लाख चालू खर्च र ४ करोड ३० लाख पुजिगत खर्चका लागि बजेट बिनियोजित गरिएको छ ।
यसैगर, कपिलवस्तु नगरपालिकालाई ५७ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ५५ करोड ३१ लाख चालू खर्च र २ करोड ४५ लाख पुजिगत खर्चका लागि बजेट बिनियोजित गरिएको छ ।
कृष्णनगर नगरपालिकालाई ५० करोड ८३ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ४१ करोड १७ लाख चालू खर्च र ६ करोड ६६ लाख पुजिगत खर्चका लागि बजेट बिनियोजित गरिएको छ ।
चार गाउँपालिका मध्ये मायादेबी गाउँपालिकालाई ४९ करोड ६१ लाख रुपैयाँ विनियोजित गरेको छ । यस्मा पनि चालुतर्फ ४५ करोड ७७ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ३ करोड ८४ लाख बजेट बिनियोजन गरिएको छ ।
बिजयनगर गाउँपालिकालाई ४५ करोड ४० लाख रुपैयाँ विनियोजित गरेको छ । यस्मा पनि चालुतर्फ ३५ करोड ८६ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ९ करोड ५४ लाख बजेट बिनियोजन गरिएको छ ।
शुद्धोधन गाउँपालिकालाई ३६ करोड २० लाख रुपैयाँ विनियोजित गरेको छ । यस्मा पनि चालुतर्फ ३२ करोड २४ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ३ करोड ९६ लाख बजेट बिनियोजन गरिएको छ ।
यस्तै गाउँपालिका तर्फ सबैभन्दा कम यशोधरा गाउँपालिकालाई ३४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यशोधरामा चालुतर्फ ३२ करोड ५९ लाख र पुजिगत तर्फ २ करोड १५ लाख बजेट बिनियोजन गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
यसैगरि अहिले प्रस्तुत बजेट मार्फत आगामी आर्थिक बर्षका लागी बिशेष अनुदानबाट कपिलवस्तु र बुद्धभूमि नगरपालिका बञ्चित बनेका छन् । १० पालिका मध्ये ८ वटा पालिकाहरुले मात्र बिशेष अनुदान प्राप्त गर्न सफल भएका हुन् ।
चालु आर्थिक बर्षभन्दा आगामी आर्थिक बर्षका लागी कपिलबस्तुमा प्राप्त बजेटको आकारमा २.६० प्रतिशतले बृद्धि हो । तर केहि स्थानीय तहको बजेट आकारमा चालुमा भन्दा आगामी आर्थिक बर्षको बजेटमा घटबढ समेत आएको अर्थमन्त्रालयले प्रस्तुत गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।