“प्लास्टिक प्रदूषणलाई पराजित गरौं” अभियानमा बाणगंगामा सामूहिक हस्ताक्षर


पालिका पत्र

२३ जेष्ठ २०८२, बिहीबार २२:१९ मा प्रकाशित

बाणगंगा, २२ जेठ । “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नारालाई आत्मसाथ गर्दै बाणगंगामा विश्व वातावरण दिवस २०२५ मनाइएको छ । वातावरण संरक्षणप्रति दृढ प्रतिबद्धता सहित विश्व वातावरण दिवस मनार्ईएको हो ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकाय तथा पालिका प्रतिनिधिहरूबीच प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको समेत गरिएको छ ।

प्रतिबद्धता पत्रमा चारवटा मूल बुँदाहरू समेटिएका छन् — वातावरणीय संरक्षणमा सक्रिय सहभागिता जनाउने, प्लास्टिक प्रयोग न्यून गर्न कानुनी एवं स्थानीय नीतिको पालना गर्ने, स्वच्छ वातावरण भावी पुस्तामा हस्तान्तरण गर्न निरन्तर प्रयास गर्ने, र सरोकारवाला बीच सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने।

नगर प्रमुख चक्रपाणी अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण संरक्षण अब विकल्प नभएर सबैको दायित्व भएको बताए। उनले भने, “हामी सबैको संयुक्त प्रयासले मात्र प्लास्टिक प्रदूषणमुक्त नगर बनाउने लक्ष्य प्राप्त गर्न सकिन्छ।” साथै उनले वातावरण संरक्षणका थप योजनाहरू कार्यान्वयनमा ल्याइने जानकारी समेत दिए।

कार्यक्रम बाणगंगा नगरपालिका दरखास्तमा आयोजना गरिएको थियो । कार्यक्रममा सामुदायिक वन समूह, उद्योग बाणिज्य संघ, युवा समूह, शिक्षक, वातावरण विज्ञ, तथा अन्य सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रमको सञ्चालन बाणगंगा नगरपालिकाका वन प्राविधिक नविन पाण्डेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्