
जेठ २६ गते । सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले दुई जिल्लाका उत्कृष्ट ४८ शिक्षाकर्मीहरुलाई सम्मानित गरेको छ । कपिलवस्तु जिल्लाका ३० जना र अर्घाखाँची जिल्लाका १८ जना गरि ४८ जना जना शिक्षाक्षेत्र सम्बद्ध विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको हो ।
दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले दुवै जिल्लाका १६ वटा पालिकाका विद्यालयहरुलाई सम्मानित गरेको हो । सम्बन्धीत स्थानीय तहले सिफारीस गरे अनुसार दुबै जिल्लाका विद्यालयका व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरुलाई दोसल्ला, अविर, नगद तथा सम्मान पत्र सहित सम्मानित गरिएको हो । सम्मान ग्रहणसंगै यो सम्मानले अझ हौसला बढेको भन्दै गुणस्तरीय शिक्षाका लागि सक्रिय भएर लाग्ने सम्मानित शिक्षाकर्मीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले सम्मान हुनेहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सक्रियताका साथ काम गर्न अनुरोध गरे । उनले यो सम्मानको गरिमालाई बचाउनुपर्नेमा जोड दिंदै शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई गुणस्तरिय बनाउनुपर्ने बताए ।
बाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्यालले वालवालिकाहरुको भविष्यसंग जोडिएको शिक्षा क्षेत्रलाई अझ मजबुत बनाउनका लागि सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए । त्यस्तै सन्धिखर्क नगरपालिकाका पुर्व मेयर कमल भुसालले सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।
कपिलवस्तुका दशवटै पालिकाका प्रतिपालिका ३ जनाका दरले सम्मानित गरिएको थियो । बाणगंगा नगरपालिका अन्र्तगत ओदारी माबिका शिक्षक महादेव खरेल, जनकल्याण आधारभूत बिद्यालय बालापुरका प्रधानाध्यापक कला थापा र बालज्योती आधारभुत बिद्यालय कप्टैयाका कर्मचारी ओमप्रकाश थारु सम्मानित भएका छन् । बुद्धभूमि नगरपालिका अन्र्तगत सिद्धार्थ स्मारक माबिका शिक्षक रुद्रप्रसाद भूषाल, नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका शिक्षक पूर्णिमा कुमारी पौडेल र माध्यमिक बिद्यालय निमडाँडाका बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष रामअचल तिवारी सम्मानित भए ।
यस्तै, शिवराज नगरपालिका अन्र्तगत समयथान माविका शिक्षक शिशिर बेल्बासे, रंगीलाल माबिका शिक्षक बिजयप्रकाश चौवे र नेपाल आर्दश माविका कर्मचारी माधव प्रसाद पाण्डे सम्मानित भए । महाराजगंज नगरपालिका अन्र्तगत दुर्गाभवानी कन्या माविका प्रधानाध्यापक चन्द्रकला चौधरी, भद्र मावि पडरियाका प्रधानाध्यापक रामकिशुन चौधरी र शिवप्रताप सरस्वती माविका बिद्यालय ब्यवस्थापन समितीका सदस्य कृष्णदास हरिजन सम्मानित भए ।
यसैगरि, कृष्णनगर नगरपालिका अन्र्तगत नेत्रज्योती माविका शिक्षक बब्लु कुर्मी, महेन्द्र आधारभूत बिद्यालयका शिक्षक सपना निरौला भण्डारी र जनता मावि करमाका कार्यालय सहयोगी रामशंकर तेलीलाई कार्यालयले सम्मानित गरेको छ । कपिलवस्तु नगरपालिका अन्र्तगतका तिलौराकोट माविका प्रधानाध्यापक संजय कुमार वर्मा, गौतमबुद्ध आधारभूत बिद्यालयका प्रधानाध्यापक सुजाता सुवाल र शितलाबक्स मावि रेहराका बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष प्रताप नारायण तिवारी सम्मानित भएका छन् ।
यस्तै, विजयनगर गाउँपालिकाका भुनेश्वरी माविका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रा, कामना आधारभुत बिद्यालयका शिक्षक निशा सिग्देल र आधारभूत बिद्यालयका बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिजय प्रसाद यादव सम्मानित गरिएको छ । यशोधरा गाउँपालिका अन्र्तगतका अनिरुद्ध पब्लिक माविका प्रधानाध्यापक रमेश कुमार पाण्डे, राष्ट्रिय माविका प्रधानाध्यापक प्रमोद कुमार उपाध्याय र जनप्रिय आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रत्नलाल तिवारीलाई सम्मानित भएका छन् ।
मायादेवी गाउँपालिकाका मुनेश्वर माविका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कौशल कुमार नागबंशी, छत्रपाली तिर्थादेवी माविका शिक्षक युवराज पौडेल र मुनेश्वर माविका शिक्षक योगेन्द्र कुमार गुप्त सम्मानित भएका छन् । यस्तै, शुद्धोधन गाउँपालिकाका पूर्णकेशर माविका प्रधानाध्यापक लिला खनाल, मावि ठुलो नन्दनगरका शिक्षक रविन्द्र प्रसाद पौडेल र सोहि बिद्यालयकै लेखापाल सुरेश यादव सम्मानित भएका छन् ।
सामाजिक विकास डिभिजन कार्यालयको कार्यक्षेत्र पर्ने अर्घाखाँची अन्र्तगतका ६ पालिकाका १८ जना शिक्षाकर्मीलाइ कार्यालयले सम्मान गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका अन्र्तगतका जनजागृति माविका शिक्षक पुनाराम पौडेल, डिही आधारभूत बिद्यालयका शिक्षक लक्ष्मण ओली र सरस्वती माविका कर्मचारी माया भुषाल सम्मानित भए । सन्धीखर्क नगरपालिकाका ज्ञानप्रकाश माविका शिक्षक सुर्य बहादुर खनाल, ज्ञान भगवती माविका शिक्षक ध्रुव बहादुर खत्री र जनज्योती माविका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कमल भुषाल सम्मानित भएका छन् ।
भूमिकास्थान नगरपालिका अन्र्तगतका अन्नपूर्ण माविका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद भुषाल, शारदा माविका प्रधानाध्यापक विष्णु अधिकारी र बालज्योती आधारभूत बिद्यालयका प्रधानाध्यापक भिमलाल बन्जाडे सम्मानित भए । पाणिनी गाउँपालिकाका जनसेवा माविका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, जनसेवा माविकै शिक्षक गोविन्द पौडेल र हरिहर संस्कृत तथा साधारण माविका कर्मचारी प्रमोद गौतम सम्मानित भए ।
यस्तै, छत्रदेव गाउँपालिकाका सार्वजनिक माविका शिक्षक प्रकाशमणी घिमिरे, अमर आधारभुत बिद्यालयका प्रधानाध्यापक बिमला पाण्डे र महेन्द्र बिद्याबोध नेपाल राष्ट्रिय माविका कर्मचारी मित्र हमाल सम्मानित भएका छन् । मालारानी गाउँपालिकाका शान्ती माविका शिक्षक मिना महत, बैद्यनाथ निमकुमारी बलबहादुर माविका शिक्षक खुमबहादुर खड्का र कालिका नेपाल राष्ट्रिय माविका कर्मचारी बसन्त चौहान सम्मानित भएका कार्यालयका सूचना अधिकारी रामकरण पालले जानकारी दिए ।
सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख हरिलाल अर्यालको अध्यक्षता, सूचना अधिकारी रामकरण पालको स्वागत मन्तब्य तथा जनता मावि पिपराका प्राचार्य रमेश पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु र अर्घाखाँचीका विभिन्न विद्यालयका व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।