लुम्बिनी सन्देश २०८२ विमोचनसहित सल्लाहकार सम्मान सम्पन्न


पालिका पत्र

२८ जेष्ठ २०८२, मंगलवार ०७:१० मा प्रकाशित

कपिलवस्तु, २७ जेठ
नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको आयोजनामा ‘लुम्बिनी सन्देश २०८२’ नामक प्रचार सामग्री विमोचन तथा सल्लाहकार सम्मान कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ ।

कार्यक्रममा ‘लुम्बिनी सन्देश २०८२’ विमोचनसँगै संघका केन्द्रीय महासचिव सुनिता उलक, केन्द्रीय सल्लाहकार दामोदर शर्मा, प्रदेश सल्लाहकार इश्वरी पौडेल र विजयराज सुवेदीलाई सम्मान गरिएको थियो ।

महासचिव उलकले लुम्बिनी प्रदेश संघको सक्रियता र प्रयासको सराहना गर्दै वन क्षेत्रका मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् । सल्लाहकार सुवेदीले संघलाई साझा र पेशागत हकहितमा एकजुट रहने नेतृत्व दिनुपर्ने सुझाव दिए । सल्लाहकार पौडेलले वन व्यवस्थापनमा सहकार्य र एकता आवश्यक रहेको बताए ।

संघका अध्यक्ष केशव खड्काले आफ्नो कार्यकालमा संस्था क्रियाशील, सशक्त र साझा संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । उनले लुम्बिनी प्रदेशमा संस्थाको प्रभावशाली उपस्थिति सुनिश्चित गर्दै पेशागत मर्यादा र दक्षताका लागि निरन्तर प्रयास गरिने बताए ।

कार्यक्रममा संघले अघिल्लो कार्यकालमा सञ्चालन गरेका क्यान्सर पीडित सहयोग अभियान, नीति कार्यक्रममा सुझाव, तथा वन मन्त्रीसँगको विशेष अन्तक्र्रिया जस्ता गतिविधिहरूको स्मरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्