
कपिलवस्तु, ०४ असार । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको एनएमबि बैंक पकडी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा ल्यापटप र १० ओटा वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरेको छ ।
मायादेवी गाउँपालिकाका ८ वटा विद्यालयलाई एक एक वटा वाटर डिस्पेन्सर र गाउँपालिकालाई एक थान ल्यापटप र २ ओटा वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान, प्रसासकिय प्रमुख रामकृष्ण तेली, लेखा अधिकृत गिरिराज गौतम, एनएमबि बैंकका एडिसि म्यानेजर युवराज पाठक, पकडी शाखा प्रबन्धक गोविन्द पन्थी, विद्यालयका प्रधानाध्यापक रप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
वाटर डिस्पेन्सर सहयोगले विद्यालयहरूमा अध्ययनरत विद्यार्थी तथा सेवारत शिक्षकहरूलाई शुद्ध पिउने पानीको पहुँच सहज हुने बैंकले विश्वास लिइएको छ ।
गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले एनएमबि बैंकले शिक्षा क्षेत्रमा देखाएको संवेदनशीलता र सहयोगप्रति आभार व्यक्त गर्दै बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने गरि देखाएको उदाहरणीय कार्यको प्रशंसा गरे ।
एनएमबि बैंक एडिसि म्यानेजर युवराज पाठकले स्थानीय आवश्यकतालाइ मध्यनजर गर्दै बैंकले सस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्दै आएको र सोही बमोजिम मायादेवी गाउँपालिका र यहाँका विद्यालयहरुलाइ सहयोग गरिएको बताए । उनले विद्यालय, शिक्षक र विद्यार्थीहरूसग निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
शाखा प्रबन्धक गोविन्द पन्थीले स्थानीय आम जनताले एनएमबि बैंकमाथि गरेको विस्वास प्रति आभार व्यक्त गर्दै पकडी क्षेत्रमा अत्याधुनिक बैंकिङ्ग सेवासगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आगामी दिनहरुमा पनि गरिने बताए ।