महाराजगञ्ज नगरपालिकाको १७औँ नगरसभा सुरु, शिक्षा, स्वास्थ्य र कृषिमा जोड


पालिका पत्र

१० असार २०८२, मंगलवार १९:२८ मा प्रकाशित

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको १७औँ नगरसभा मंगलबार पालिकाको सभा हलमा सुरु भएको छ । नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइने बताएका छन् ।

भौतिक पूर्वाधार मात्र विकासको सूचक नहुने बताउँदै उनले आधारभूत सेवा क्षेत्रमा लगानी बढाउने स्पष्ट संकेत दिएका छन्। एक नगर, एक अस्पताल अवधारणालाई कार्यान्वयन गर्ने, सिचाई पूर्वाधार निर्माणमा जोड दिने, छप्परमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिने, र किच्किच सडक हटाउने अभियानलाई अघि बढाइने योजना रहेको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीका अनुसार शिक्षक अनुदान कार्यक्रम निरन्तरता पाउनेछ भने शैक्षिक गुणस्तर सुधारमा पनि विशेष कार्यक्रम समावेश गरिनेछ।

साथै, ६ वटा बर्थिङ्ग सेन्टरहरूमा २४ घण्टा प्रसूति सेवा उपलब्ध गराउने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। उपप्रमुख रिता कुमारी कुर्मी र वडा नं. १ का अध्यक्ष प्रमोद चौधरीले शुभकामना मन्तव्य दिँदै नगरको समुन्नत विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। सभा सञ्चालन एम.आइ.एस. अपरेटर बृजेश यादवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्