
बाणगंगा, २५ असार । एनएमबि बैंक जितपूर शाखाले बाणगंगा माध्यामिक विद्यालय गजेहडालाई एयर कन्डिसन ( एसि) प्रदान गरेको छ । एनएमबि बैंक जितपूर शाखा कपिलवस्तु द्वारा , संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बाणंगगा माध्यामिक विद्यालय गजेहडा कपिलवस्तुका प्रारम्भिक बालबिकास (ECD ) कक्षामा अध्यनरत विद्यार्थीहरूलाई प्रतिकूल मौसममा समेत अध्ययन सहज होस् भन्ने उद्धेश्य सहित विद्यालय व्यवस्थापन समिती, शिक्षक एवम् विद्यार्थीहरूको उपस्थितिमा एयर कन्डिसन ( एसि) हस्तान्तरण गरेको हो ।
बैंकले प्रदान गरेको एयर कन्डिसनले ससाना बालबालिकाको सिकाइ क्रियाकलापमा सघाउ पुग्ने भन्दै विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले स्कूललाइ छनौट गरि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग प्राप्त हुने विस्वास व्यक्त गरे ।
एनएमबि बैंकले आमजनतालाइ उत्कृष्ट र छिटोछरितो बैंकिङ्ग सेवा संगै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विभिन्न क्षेत्रमा संचालन गर्दै आइरहेको छ ।