
कपिलवस्तु, साउन ०४ ।
नेपाल एथलेटिक्स संघको कपिलवस्तु जिल्ला अधिवेशनले कुलबहादुर चुदालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । बाणगंगा नगरपालिका वडा नं. १, जितपुरमा आयोजित अधिवेशनबाट चुंदाली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।
नवगठित कार्य समितिमा देवराज चौधरी उपाध्यक्ष र महिला उपाध्यक्षमा सुस्मिता चौधरी चयन भएका छन् । त्यस्तै, रामप्रसाद गिरी सचिव, सुस्मिता चौधरी कोषाध्यक्ष तथा भोजराज खनाल, सूर्य पौडेल, घनश्याम चौधरी, सन्दीप चौधरी, रोशन बुढा लगायत अन्य सदस्य चयन गरिएको संघले जनाएको छ ।
अधिवेशनमा केन्द्रीय प्रशिक्षक मोहन घले प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल विशिष्ट अतिथि तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मीन प्रसाद पोख्रेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लामा एथलेटिक्स खेलको विकास र विस्तारका लागि नवगठित समितिलाई शुभकामना दिएका थिए ।