घनाजंगलको पुनःस्थापना लक्ष्य: तारबारसहित वृक्षारोपण कार्य तीव्र गतिमा


पालिका पत्र

८ श्रावण २०८२, बुधबार २१:०६ मा प्रकाशित

बाणगंगा, ०७ साउन।
कपिलवस्तुको मायादेवी साझेदारी बनमा हरियाली विस्तार र वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान तीव्र गतिमा अगाडि बढाइएको छ ।

करिब ५७ हेक्टर क्षेत्रफलमा १ लाख बिरुवा रोप्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानअन्तर्गत हालसम्म १८ हजारभन्दा बढी बिरुवा रोपिएको छ । टिक, सिसौ, राजवृक्ष, मोरिङ्गा, बबुल, अर्जुन, जामुन, बाँस, सिरिसलगायतका बहुउपयोगी र वातावरणमैत्री बिरुवा रोपिएका छन् । साउन १५ गतेसम्म वृक्षारोपण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बिरुवा संरक्षणका लागि तारबारको व्यवस्था पनि गरिएको छ ।

मायादेवी साझेदारी बनले बाणगंगा नगरपालिकाका साथै शुद्धोधन र मायादेवी गाउँपालिकामा समेत संरक्षण तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बनका अध्यक्ष दिनेश जैशवालले पालिका पत्र संगको कुराकानिमा भने, ”बन संरक्षण मात्र नभई शिक्षा, स्वास्थ्य तथा काठ र दाउरा व्यवस्थापनजस्ता सामाजिक कार्यहरूमा पनि बनले सक्रियता देखाउँदै आएको

स्थानीय स्रोतको दीगो उपयोग, जैविक विविधताको प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न यस बनले खेलेको भूमिकालाई उदाहरणीय मानिएको छ । साथै, पश्चिम बुटवल–गोरुसिगे सडक योजनाको लगानीमा भएको वृक्षारोपण प्रयासप्रति अध्यक्ष जैशवालले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्