रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनद्वारा १ हजार विरुवा रोपण


पालिका पत्र

११ श्रावण २०८२, शनिबार २०:५५ मा प्रकाशित

कपिलवस्तु, १० साउन । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले शिव मन्दिर सामुदायिक वन क्षेत्रमा १ हजार विरुवा रोपेको छ । रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटानको प्रमुख अभियान अन्तर्गत शनिबार सम्पन्न वृक्षारोपण कार्यक्रममा क्लबको आयोजना तथा शिव मन्दिर सामुदायिक वन र श्रीङ्गिघाट सामुदायिक वनको सहकार्य रहेको थियो ।

कार्यक्रम संयोजक कमला सेन (सुष्मा) ले सो कार्यक्रम “सपोर्टिभ इन्भारमेन्ट कार्यक्रम” अन्तर्गत गरिएको जानकारी दिनुभयो । क्लबका सचिव भिमलाल भट्टराई (समिर सायर) का अनुसार सोही दिन कपिलवस्तु सहित देशभर ५० हजार विरुवा रोपिएको छ ।

मोतिपुर सव डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले वातावरण संरक्षणका लागि सामुदायिक सहकार्य आवश्यक रहेको र यस्तो पहलले वन विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, आयोजक रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनकी अध्यक्ष लेखा शर्माले प्रकृति संरक्षण र हरियाली प्रवर्द्धन क्लबको प्राथमिक अभियान भएको बताउँदै आगामी दिनमा अझ फराकिलो रूपमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा पिपरा सव डिभिजन वन कार्यालयका प्रमुख मोहन मिश्र, शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, श्रीङ्गिघाट सामुदायिक वनका अध्यक्ष शुसिल सिंह ठकुरी, क्लब पदाधिकारी, रोट्र्याक्ट र इन्ट्र्याक्ट क्लबका विद्यार्थीसहित करिब १५० जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्