“सकारात्मक प्रभावसहित सेवा प्रवाह गर्नेछु” – प्रमुख प्रशासकीय अधिकृत सापकोटा


पालिका पत्र

६ भाद्र २०८२, शुक्रबार १६:२५ मा प्रकाशित

शितगंगा, ०६ भदौ । शितगंगा नगरपालिकामा हालै कार्यभार सम्हाल्न आएका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई नगरप्रमुख, उपप्रमुख र कर्मचारीहरूले विशेष कार्यक्रमका बीच स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै सापकोटाले यसअघि सन्धिखर्क नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सेवा गरेको अनुभवलाई स्मरण गर्दै शितगंगामा पनि “सकारात्मक प्रभावसहित सेवा प्रवाह गर्ने” प्रतिबद्धता व्यक्त गरे। उनले नीतिगत सुधार र विकासका कार्यलाई प्राथमिकतामा राखी नगरपालिका सबल र सक्षम बनाउनुपर्नेमा जोड दिए ।

नगरप्रमुख छबिलाल पौडेलले सापकोटाले विगतका स्थानीय तहमा उत्कृष्ट कार्य सम्पादन गरेर राम्रो परिचय बनाइसकेको बताउँदै शितगंगाको विकास र सुशासनमा पनि उहाँबाट ठूलो योगदानको अपेक्षा गरिएको उल्लेख गरे ।

त्यस्तै, उपप्रमुख गीता भाटले अनियमितता नियन्त्रण र नीतिगत सुधार जनप्रतिनिधिबाटै सुरु गर्नुपर्ने बताउँदै कार्यालय व्यवस्थापन र सहज सेवा पहुँचमा पूर्ण सहयोग रहने विश्वास गरिन ।

प्रतिक्रिया दिनुहोस्