
बाणगंगा, १० असोज । कपिलवस्तु स्थित नेपाल किसान ट्याक्टर समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ रगत संकलन भएको छ । समितिको वार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम गरेको हो । समितिको आफ्नै सभाहलमा भएको कार्यक्रममा कपिलवस्तु र रुपन्देहीका विभिन्न संघसंस्था लगायतका ५४ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान जीवनदान कार्यक्रम गरिएको बताईएको छ ।
कार्यक्रममा नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका कोषाध्यक्ष मिलन श्रेष्ठको संयोजकत्व, प्रमुख जिल्ला अघिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको समितीले जनाएको
कार्यक्रममा प्रजिअ तामाङले किसान ट्याक्टर समिति जस्ता संस्थाहरूको सक्रियताले समाज रूपान्तरणमा महत्व राख्ने बताए । उनले फरक प्रसङ्गमा ठेक्का प्रक्रियाको उत्खनन गर्ने क्रममा व्यापक गुनासो आउने बताए । उनले नगरपालिकाले लगाएका ठेक्का प्रक्रियाहरूको सही ढङ्गबाट प्रयोग गर्ने कि नगर्ने भन्ने ट्याक्टर चालक र लेवरहरुको भर हुने बताए । उनले ट्याक्टर धनीलाई चालक, सहचालक र लेवरहरुलाइ नियन्त्रणमा राख्न सुझाव दिए ।
कार्यक्रममा पछिल्लो समय अस्पतालहरुमा देखिएको रगत अभावलाई कम गर्न सहयोग पुगोस भन्ने उद्देश्ले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष झविन्द्र खनालको भनाई छ । यसले बढ्दो रगतको मागलाई परिपुर्ति गर्ने उनले बताए । समितिले समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै अध्यक्ष खनालले भने, ‘रगतको अभावमा कोही मानिसको ज्यान नजाओस् भन्ने भन्ने हेतुले कार्यक्रम गरिएको हो । यसले धेरै मानिसलाई रगतको अभाव हुन दिने छैन् ।’ कार्यक्रममा रगत दान गर्ने सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । विभिन्न संघ सस्थाका पदाधिकारीको आतिथ्थता रहेको कार्यक्रम महासचिव विष्णु गिरीले संचालन गरेका थिए ।