कपिलवस्तुमाबिना रुट परमिट जबरजस्ती तीन पाङग्रे टेम्पो र इभीमा यात्रुहरु ओसापसार गरिदा पेशागत यातायात ब्यवसायीको आयआर्जनमा ठुलो असर परेको भन्दै त्यसको ब्यवस्थापनका लागि कपिलवस्तुका ६ यातायात प्रालिले जिल्ला प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
कपिलवस्तु,पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले प्रजिअ दिल कुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललाई ज्ञापन पत्र बुझाएका हुन । तौलिहवा, मर्यादपुर, जितपुर, भैरहवा, बहादुरगंज सडकमा जबरजस्ती टेम्पो चलाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उनीहरुले सो रुटमा नेपाल सरकारले तोके अनुसार ब्यवस्थापन गराईदिन माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङ र मेयर पौडेलले सो बिषयमा आफुहरुले नियमानासर ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यस बिषयमा आफुले चाडै समाधान गर्ने मेयर पौडेलले बताए । ज्ञापन पत्रमा कपिलवस्तु यातायात प्रालिका अध्यक्ष माहोम्द रफिक रंगरेज, पश्चिम नेपालका अकबर अली रंगरेज, बुटवलका सलिम रंगरेज, सिद्धार्थका शंकर कार्की र कृष्णनगरका हसरत खाँले हस्ताक्षर गरेका छन ।


