बाणगंगा वेलफेयर सोसाइटीद्वारा एकादशीको अवसरमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम गर्ने


पालिका पत्र

१५ कार्तिक २०८२, शुक्रबार १०:११ मा प्रकाशित

कपिलवस्तु, — कपिलवस्तुको बाणगंगा वेलफेयर सोसाइटीले यस वर्ष पनि एकादशीको अवसर पारेर देउसी–भैलो तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।सोसाइटीले जिल्लाको वडा नं ४ मा आगामी देउसी–भैलो पर्वका अवसरमा परम्परागत शैलीमा कार्यक्रम गर्ने तयारी गरेको छ। सोसाइटीका अध्यक्ष राजकुमार खाँणका अनुसार, “सदाका वर्षझैँ यसपालि पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको हो।” यस अवसरमा चर्चित लोक दोहोरी गाईका शान्ति रानी परियारआउने बताईएको छ ।

उनका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, लोकगीत र देउसी–भैलो प्रस्तुति गर्नेछन्। साथै, सोसाइटीले समुदायमा एकता र सामाजिक सहकार्यलाई सुदृढ गर्ने लक्ष्य लिएको छ। बाणगंगा वेलफेयर सोसाइटीले विगतदेखि नै नेपाली कला, संस्कृति र विभिन्न राष्ट्रिय दिवसहरूको जगेर्ना गर्दै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यस वर्षको देउसी–भैलो कार्यक्रमले पनि समाजमा सांस्कृतिक चेतना र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्