देशभरका सबै अस्पतालका नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राखेर नर्सहरूले आन्दोलन गर्दै आएका छन् ।
सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलन गरिरहेका नर्सहरूको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नर्सिङ सङ्घले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै आज देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको असोज २४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यबापत भत्ता दिनुपर्नेलगायत उनीहरूको माग रहेको छ ।

