बाणगंगामा महिलाको दिनदहाडै लुटियो सुनको सिक्री


पालिका पत्र

१६ कार्तिक २०८२, शनिबार १९:११ मा प्रकाशित

बाणगंगा, १५ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मण घाट चोकमा चिया नास्ता र किराना पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेको मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।

शनिवार ४ बजेतिर त्यही पसलमा भोला र चुरोट खानेक्रममा स्थानीय ६५ बर्षिया भीमा कुमारी खनालले घाटीमा लगाएको सुनको एक तोलाको सिक्रिी लुटेर लगेका हुन ।

स्थानीयबासी हुमानाथ भट्टराई अनुसार पीडीत महिलाको पसलमा भोला र चुरोट खानेक्रमा २ जनाको संख्यामा रहेका मध्ये एक जना आधा घन्टा जति बसेका थिए । त्यहीक्रममा महिलाको घाटीमा रहेको सिक्रि लुटेराले थुतेर मोटर साईकलमा फरार भएका थिए । लुटेराहरु खारखानी हुदै रामदतिवन तिर भागेका थिए ।

घटनाको जानकारी पाए लगत्तै लुटेराको खोज तलासकालागि सबै नाकाहरुमाम ब्यापकरुपमा प्रहरी परिचालन गएिको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जून पौडेलले बताए । लुटेराको खोजी कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्