वनका अध्यक्ष रेग्मीले दिए अख्तीयारलाई ठाडै चुनौती


पालिका पत्र

१९ कार्तिक २०८२, मंगलवार २०:४४ मा प्रकाशित

बाणगंगा, १८ कार्तिक ।
कपिलवस्तुको नवप्रभात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पत्रहरूलाई ठाडै चुनौती दिएका छन् ।

उनले ठोकुवा गर्दै अख्तीयारका पत्रले कुनै लछारपाटो नलाग्ने बताएका छन् । उनले वनको १५ औ साधारण सभामा उपभोक्ताको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले आफ्ना गतिविधिहरु अख्तीयारमा पुगेको बताए ।


सामुदायिक वनलाई हेर्ने अख्तीयारको दृष्टि दिनानुदिन बढ्दै गएको बताए । अध्यक्ष रेग्मीले बर्षमा १ सय वटा पत्रहरु आएता पनि जवाफ दिन तयार रहेको बताए । ९ सय ९९ उपभोक्ता भएको वनका उपभोक्तालाई मुद्धा मामिलाका बाटाहरु नरोज्न आग्रह गरेका छन् ।

उपभोक्ताहरुलाई उनले समितिले कति भत्ताखायो कार्यालयमा आएर हेर्न भने । उनले खिसिट्युरी गर्दै मिडियाले प्रचार गरेर केही नहुने बताए ।

प्रमाणका लागि भिडियो लिंक https://www.facebook.com/share/v/1CcEEThaLt/

प्रतिक्रिया दिनुहोस्