कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु


पालिका पत्र

२० कार्तिक २०८२, बुधबार ०९:३८ मा प्रकाशित

कपिलवस्तुमा मंगलबार दिउँसो स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

कृष्णनगर नगरपालिका–९, जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा करिब ३ बजेतिर भएको दुर्घटनामा ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

यू पी ३५ ए के २४१५ नम्बरको महिन्द्रा स्कार्पियोले बाटो क्रस गर्दै गरेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगन्ज पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियोचालक ३५ वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्