नेकपा एमाले वाणगंगा नगर कमिटिको सचिवालयको वैठक आज वाणगंगा १ बैरिया स्थित कार्यालयमा सम्पन्न भएको छ । नगर कमिटिको बैठकले केन्द्रीय सचिवालयको निर्णयअनुसार आगामी दिनमा कपिलवस्तुमा सञ्चालन हुने कार्यक्रमहरू बारे आवश्यक तयारी गरेको जनाएको छ ।
केन्द्रिय सर्कुलर अनुसार आउदो कार्तिक २२ मा जिल्लाका सबै वडामा एकसाथ वडा भेलाहरू आयोजना गर्ने र कार्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शनका लागि आवश्यक तयारीका लागि छलफल तथा वैठक गरिएको नगर सचिव चेतनारायण भण्डारीले जानकारी दिनुभयो । आउदो कार्तिक २५ गते जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन गर्ने र कार्तिक २९ गते बाणगंगा नगरपालिकामा जिल्ला स्तरीय शान्तिपूर्ण जनसभा आयोजनाका लागि आवश्यक रणनीति तयार गरेको बताइएको छ । उक्त्त शान्तिपूर्ण प्रदर्शनमा पार्टीका सवै कमिटि, जनवर्गीय संगठन, नेता, कार्यकर्ता, शुभेच्छुक गरी १० हजार जनसहभागीता जुटाउने तयारी गरेको छ ।
वाणगंगा नगर कमिटिको सचिवालय वैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवं एमाले केन्द्रीय कमिटी सदस्य बलराम अधिकारीले राष्टियताको रक्षा, लोकतन्त्र र सामाजिक न्यायका लागि एमाले सदैव अग्रपंक्तिमा रहने बताउनुभयो । उहाँले अप्ठ्यारो परिस्थितीमा पनि पार्टी कमिटि सशक्त भएर संगठनलाई अझ सुदृढ बनाउने र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपा एमाले प्रदेश कमिटि सदस्य चक्रपाणी अर्यालले पार्टीका सैद्धान्तिक विचार र नीति जनस्तरसम्म पुर्याउन कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफनो क्षणिक उद्देश्यहरु पुरा गर्न विभिन्न स्वार्थ समूहहरुको गतिविधी प्रति पार्टी पक्ति सचेत र सजग रहन समेत आग्रह गर्नुभयो । वैठकमा प्रदेश कमिटिका सदस्य दोर्णराज सुवेदी, एमाले कपिलवस्तुका उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिवालय सदस्य लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नगर कमिटिका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भिम थापाको स्वागत तथा सचिव चेतनारायण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

