बाणगंगाको पिपरा कोठी सामुदायिक बनमा कांग्रेस–रास्वपा विजयी, यस्तो छ मत परिणाम


पालिका पत्र

२४ कार्तिक २०८२, आईतवार १०:१९ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा कोठी महिला सेवा सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष पदमा भिमसेन कार्की निर्वाचित भएका छन । नेपाली कांग्रेस र राष्ट्रीय स्वतन्त्र पार्टीको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार कार्की अध्यक्ष पदमा बिजयी भएका हुन । एक जना सदस्य बाहेक नेपाली कांग्रेस र राष्ट्रीय स्वतन्त्र पार्टीको प्यानलबाट उम्मेदवार बनेका सबै बिजयी भएका हुन ।

६७० कुल मत खसेको थियो । निर्वाचित अध्यक्ष पदका उम्मेदवार भिमसेन कार्कीले सबैलाई मिलाएर लैजाने साथै सम्बृद्ध बन र बिकसित वडा निमार्णका लागी प्रतिबद्ध भई काम गर्ने बताएका छन । अध्यक्ष पदका उम्मेदवार भिमसेन कार्कीले २२६ मत ल्याउदै बिजयी भएका भएका हुन । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार झलक बहादुर कार्कीले २०९ मत ल्याएका छन भने अध्यक्ष पदकै अर्का उम्मेदवार शंकर कार्कीले १५३ मत र राम प्रसाद भट्टराइले २६ मत ल्याएका छन ।

त्यस्तै उपाध्यक्षमा राधा घिमिरेले ३३७, सचिवमा ममता राना मगर ३०५ कोषाध्यक्षमा श्याम बहादुर क्षेत्रीले २९५, सहसचिवमा राजेन्द्र थारु ३१९ मत ल्याउदै बिजयी भएका छन ।यसैगरी सदस्यहरुमा बिष्णु थापा, शोभाखर भुसाल, बुद्धि बहादुर कार्की, शेर बहाहुर कार्की र भुमीसरा सारु, राधिका कालिराज, बिष्णु कुमारी पौडेल, बिमला मल्ल, सपना राना, जानका गैरे बिजयी भएका छन । त्यस्तै लेखा समिति संयोजकमा खिमानन्द घिमिरेले ३११ मत ल्याउदै लेखा समिति संयोजकमा बिजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्