१४ औं कपिलवस्तु डान्स आइडल भर्चुअल र फिजिकल दुवै माध्यमबाट अडिसनमा भाग लिन पाइने,


पालिका पत्र

१ मंसिर २०८२, आईतवार १०:३३ मा प्रकाशित

बुद्धरंगशाला । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने १६ औँ कपिलवस्तु महोत्सवमा १४ औँ कपिलवस्तु डान्स आईडलको अडिसनका लागि फर्म आजदेखि खुल्ला भएको छ । यही मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे सुरु हुने अडिसन राउन्डका लागि फर्म खुल्ला गरिएको महोत्सवका पूर्व संयोजक तथा डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।

प्रतिभाहरुले अडिसनका लागि भर्चुअल रुपमा भिडियोहरु पठाएर र फिजिकल रुपमा बुद्ध रंगशाला स्थित कर्भड हलमा सहभागी भएर दुवै माध्यमबाट भाग लिन पाउने संयोजक सेनले बताए ।

नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले १४ औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागिएको डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए । नृत्यमा रुची भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्स आईडल एक महत्वपूर्ण प्याटफर्म भएको र कपिलवस्तु महोत्सवमा १४ औं कपिलवस्तु डान्स आइडलले रौनक थप्ने संयोजक सेनले बताए ।

डान्स आइडलमा प्रथम हुनेले रु १ लाख ३१ हजार १३१ नगद र चादीको टोपी र द्धित्तिय हुनेले ८१ हजार १८१ र तृतिय हुनेले ६१ हजार १६१ नगद र सान्तवना पुरस्कार ३१ हजार १ सय ३१ सँगै उत्कृष्ट चारलाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर दिइने सेनले बताए ।

नृत्यप्रति रुचि भएकाहरुले बाणगंगा वेलफेयर सोसाइटीको कार्यालय चारनम्बरमा सम्पर्क गर्न सक्ने डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।

सम्पर्कका लागि नम्बर

डान्स आइडल संयोजकः पदम सेन
मोबाइल नम्बरः 9857050708,

9811403000 वाट्सअप नम्बर

प्रतिक्रिया दिनुहोस्