कपिलवस्तु । १६ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तिव्र पारिएको छ । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी भन्ने मूल नाराका साथ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म बाणगंगाको चारनम्बर स्थित बुद्ध रंगशालामा हुन लागेको महोत्सवको तयारी तिव्र परिएको आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले जानकारी गराएको छ ।
महोत्सवलाई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको साझा अभियानको रूपमा सफल पार्न सबैमा आयोजक संस्थाले आह्वान समेत गरेको छ । महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन, व्यापार व्यवसाय लगायत विभिन्न क्षेत्रलाई समेट्ने पनि जनाइएको छ ।
आयोजकहरूले यो महोत्सवलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी का रूपमा स्थापित गर्ने लक्ष्य राखेका र थप नयाँ गर्नका लागि पहलहरु भइ रहेको केही दिनमै ती पहलकदमीका विषयहरु सार्वजनिक गरिने बाणगंगा वेयलफेयर सोसाइटीक महासचिव बुद्धि बहादुरा रोकाहा (दिनेश)ले बताए ।
महोत्सवका मुख्य आकर्षण
– कृषि, उद्योग, पर्यटन तथा खेलकुदु मा लगानी प्रवद्र्धन गर्ने उद्देश्य रहेको यस महोत्सवमा विभिन्न आकर्षणहरू रहनेछन्
– कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीू स्थानीय उत्पादन र प्रविधिको प्रदर्शन।
– राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम तथा व्यापार मेला विविध मनोरञ्जनात्मक प्रस्तुति र व्यापारिक गतिविधिहरू।
– १४ औं कपिलवस्तु डान्स आइडल, स्थानीय प्रतिभालाई मञ्च प्रदान गरिने।
–सुरक्षा व्यवस्थाः सुरक्षा निकायसँग समन्वय, सीसी क्यामरा, ड्रोन र स्वयंसेवक परिचालन गरिने ।

