१६ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र, जिम्मेवारी बाडफाड


पालिका पत्र

३ मंसिर २०८२, मंगलवार ०६:२२ मा प्रकाशित

१६ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ । मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरगंशालामा आयोजना हुन लागेको १६ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको हो ।

महोत्सवलाई सफल पार्न आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जिम्मेवारी बाडफाड गरेको सोसाइटीका अध्यक्ष राज कुमार खाणले जानकारी दिए । जसका लागी विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाडफाड गरिएको अध्यक्ष खाणले बताए ।

जसमा कार्यालय ब्यवस्थापनको लागी युवराज पन्थी, आर्थिक तथा लेखा ब्यवस्थापनका लागी मोहन पाण्डे, स्टल ब्यवस्थापन मिन थापा, बिद्युत तथा साउण्ड सिस्टम ब्यवस्थापन अमृत खाण, शान्ती सुरक्षा तथा स्वयमसेवक परिचालन खडक बहादुर आले, टिकट ब्यवस्थापन प्रताप सेन, मिडिया परिचालन कृष्ण प्रसाद पौडेल, डान्स आइडल पदम सेन, खानेपानी तथा सरसफाइ ब्यवस्थापन खडक बहादुर क्षेत्री, आवास तथा भान्सा ब्यवस्थापन कृष्ण प्रसाद चालिसे, प्रचार प्रसार ब्यवस्थापन प्रविण मल्ल, महोत्सव स्टल, स्थल गेट मञ्च निमार्ण रविन मल्ललाई जिम्मेवारी दिइएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रीले जानकारी दिए ।

त्यस्तै कृष ीबन तथा जडिबुटि सम्वन्यमा युवराज घिमिरे, पास ब्यवस्थापनमा लोक बहादुर सेन, प्राथमिक उपचार ब्यवस्थापनमा डाक्टर रोशन भाट क्षेत्री, पत्रचार ब्यवस्थापनमा सुरज पोखरेल, सघं सस्था सम्वन्य तथा झाकी ब्यवस्थापनमा चन्द्रकान्त पोखरेल, शैक्षिक सस्था सम्वन्यमा बासुदेव घिमिरे, अथिति सत्कारमा रुविना गुरुङ, छपाइ ब्यवस्थापनमा गोविन्द आचार्य, मञ्च ब्यवस्थापनमा खिल प्रसाद शर्मा र कार्यालयको प्रमुखको जिम्मेवारी जनकराज पौडेललाइ दिइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्