‘प्रथम कपिलवस्तु व्यापार मेला’ को आज भब्य समारोहकाबीच उद्घाटन गरिदैँ


पालिका पत्र

६ मंसिर २०८२, शुक्रबार ०९:२३ मा प्रकाशित

कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण’ भन्ने मूल नारा सहित मेला आज (शुक्रबार) ११ बजे भब्य समुदघाटन गरिने कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनुभयो । सम्पूर्ण जिल्लाबासीकै मेला भएकाले उपस्थित भएर मेलालाई सफल पार्नपनि पौडेलले आग्रह गर्नुभयो ।

आज देखि मंसिर १७ गते सम्म बाणगंगा–८ बोडगाउँ स्थित मायादेवी रङ्गशालामा सञ्चालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रम, जलपरी, फिसटनेल, विश्वकै अग्लो र होँचो कुकुर, बालउद्यान लगायतका विशेषता रहेको मेलाका निर्देशक कृष्ण कुँवरले बताउनुभयो ।

त्यस्तै मेला स्थानमा फ्रि वाइफाई, फ्रि कफि, लक्की ड्र मार्फत दिनमा एक जनालाई साइकल उपहार, १ सय रुपैयाको टिकटमा १ सय बराबरकै सरफ लगायत विभिन्न विशेषता रहेको बताउनुभयो ।

मेलाको उद्घाटन कार्यक्रम भब्य रुपमा गरिने भनेपनि को बाट उद्घाटन गराउने भन्ने खुलाइएको छैन । मेला प्रवेशको लागि ५० र १०० रुपैयाको टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्