१६ औं कपिलवस्तु महोत्सवमा शुद्ध खानेपानी र सरसफाइलाई विशेष प्राथमिकताः संयोजक क्षेत्री


पालिका पत्र

६ मंसिर २०८२, शुक्रबार ०९:३७ मा प्रकाशित

बुद्धरंगशाला । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ। महोत्सवमा शुद्ध खानेपानी तथा सरसफाई व्यवस्थापनलाई विशेष ख्याल गरी विशेष प्राथामिकतामा राखिएको खानेपानी तथा सरसफाई व्यवस्थापन संयोजक खडक बहादुर क्षेत्रीले बताए ।

क्षेत्रीले महोत्सव अवलोकन गर्न आउने दर्शकलाई शुद्ध खानेपानी र सरसफाइमा विशेष ध्यान दिइने बताए । महोत्सवमा ३०० स्टल रहने छन् जसले मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको छ । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको बाणगंगा वेयलफेयर सोसाइटीले जनाएको छ ।

महोत्सवका मुख्य आकर्षणहरु

– कृषि, उद्योग, पर्यटन तथा खेलकुदु मा लगानी प्रवर्द्धन गर्ने उद्देश्य रहेको यस महोत्सवमा विभिन्न आकर्षणहरू रहनेछन्

– कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीू स्थानीय उत्पादन र प्रविधिको प्रदर्शन।

– राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम तथा व्यापार मेला विविध मनोरञ्जनात्मक प्रस्तुति र व्यापारिक गतिविधिहरू।

– १४ औं कपिलवस्तु डान्स आइडल, स्थानीय प्रतिभालाई मञ्च प्रदान गरिने।

सुरक्षा व्यवस्थाः सुरक्षा निकायसँग समन्वय, सीसी क्यामरा, ड्रोन र स्वयंसेवक परिचालन गरिने।

आयोजकहरूले यो महोत्सवलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी का रूपमा स्थापित गर्ने लक्ष्य राखेका र थप नयाँ गर्नका लागि पहलहरु भइ रहेको केही दिनमै ती पहलकदमीका विषयहरु सार्वजनिक गरिने बाणगंगा वेयलफेयर सोसाइटीक महासचिव बुद्धि बहादुरा रोकाहा (दिनेश)ले बताए ।

१६ औं महोत्सवलाई कपिलवस्तुको पहिचान र विकासको लागि एकताको प्रतीक बनाउन सबै पक्षलाई सहकार्यको लागि बाणगंगा वेयलफेयर सोसाइटीले आह्वान गरेको छ । बाणगंंगाको बुद्ध रंगशालमा हुने महोत्सवलाई कपिलवस्तु जिल्लामा विशेष रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्