१६ औं कपिलवस्तु महोत्सव भव्य रुपमा सफल पार्न पत्रकारलाई बाणङ्गा वेलफेयरको अनुरोध


पालिका पत्र

९ मंसिर २०८२, सोमबार २१:५६ मा प्रकाशित

कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ लाई सफल पार्न नेपाल पत्रकार महासंघ र पत्रकारलाई बाणङ्गा वेलफेयरले अनुरोध गरेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सफलतापुर्वक सम्पन्न गर्नका लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने पत्रकारले प्रतिवद्धता जनाएका छन् ।

आयोजक बाणगंगा वेलफेयर सोसाईटी, नेपाल पत्रकार महासंघका अध्यक्ष, पदाधिकारी र यस क्षेत्रका मिडियाकर्मी बिचको बैठकमा उक्त प्रतिवद्धता जनाइएको हो । वेलफेयरले पनि यो महोत्सवलाई सफल पार्नका लागि पत्रकारको अहम भुमिका रहने भएकाले आ आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेको छ ।

महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा भएको छ । महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताउनुभयो । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको खाँणले बताउनुभयो ।

कपिलवस्तु जिल्लालाई विशिष्ठ पहिचान दिलाउन सफल र वि। सं। २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले बताउनुभयो ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । मंसिर १८ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा विगतका वर्षमा भएका महोत्सवहरु हुने गरेको कारोबारबाट व्यपारीहरु सन्तोष रहेको र दर्शक संख्या पनि उच्च रहेकाले दर्शकले निरन्तरता पाउने आर्थिक तथा लेखा व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्