प्रथम कपिलवस्तु व्यापार मेलामा चौथो दिन ४ हजार दर्शकको उत्साह, आज प्रकाश दुतराज


पालिका पत्र

१० मंसिर २०८२, मंगलवार १०:२२ मा प्रकाशित

बाणगंगा, ०९ मंसिर ।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ८ गते सोमबार करिब ४ हजार दर्शकले अबलोकन गरेका छन् ।

चौथो दिन गायक विष्णु खत्री, भोजपुरी गायक कपिलदेव धवल, बस्न्त लम्साल, बर्षा लम्साल लगाएतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए ।

मंगलबमर मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रकाश दुतराज, रितु थापा, विधान कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक भाट क्षेत्रीले बताए ।


मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।


उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्