बाणगंगा । जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीअन्तर्गत संचालित ‘प्रथम डान्स स्टार’ प्रतियोगिताको पाँचौं दिनसम्म कुल १७ जना प्रतिस्पर्धी बाहिरिएका छन् ।
चौथो दिन सोमबारसम्म निर्णायकको मूल्यांकनका आधारमा सहभागीहरू बाहिरिएका थिए भने सोमबारदेखि सुरु भएको भोटिङ प्रक्रियामा मंगलबार थप दुई जना प्रतिस्पर्धी बाहिरिएका हुन् ।
स्टार प्रतिस्पर्धाको सोमबार भएको प्रस्तुतीको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । संयोजक असिम कडेल क्षेत्रीका अनुसार नतिजा निकाल्दा ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको निर्णयलाई आधार मानिएको छ ।
मेला अन्तर्गतको सांस्कृतिक आकर्षणका रूपमा प्रस्तुत ‘डान्स स्टार’ मा सहभागीहरूको प्रस्तुती, लोकप्रियता तथा नृत्य क्षमता मूल्यांकनका आधारमा आगामी चरणका प्रतिस्पर्धी चयन गरिने बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगिता क्रमशः रोचक बन्दै गएपछि दर्शकहरूको सहभागिता पनि बढ्दै गएको छ ।

