१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर सोसाइटी एकसाथ, ६० प्रतिशत काम सम्पन्न


पालिका पत्र

१२ मंसिर २०८२, बिहीबार ०९:२२ मा प्रकाशित

बुद्धरंगशाला । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ लाई सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेयलफेयर सोसाइटी एकासाथ उभिएका छन् । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सफलतापुर्वक सम्पन्न गर्नका कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्व अध्यक्षहरु, जनप्रतिनिधि र वेयलफेयर सोसाइटी एकसाथ उभिएका हुन् ।

बाणगंगा वेलफेयर सोसाईटी र कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, अध्यक्ष तथा पदाधिकारी र वडा नं। ४ का वडा अध्यक्षलगायतले १६ औं कपिलवस्तु महोत्सव सफल पार्न एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँण, महोत्सवको संरक्षक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, पूर्व अध्यक्षहरु देवी प्रसाद पाण्डे, उमानाथ पौडेल, यज्ञ प्रसाद भट्टराई, डोलक राम घिमिरे, वडा नं। ४ का वडा अध्यक्ष छवि रेश्मी मगर, उद्योग वाणिज्य संघका पदाधिकारीहरु रामजी सेन, नारायण पौडेल, शालिकराम भुसाल, मीना पौडेल, नवदत्त घिमिरे, कृष्ण प्रसाद गैरे, सदस्य मिन थापा, महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश), मिडिया संयोजक कृष्ण प्रसाद पौडेल लगायत वेयलफेयरका पदाधिकारी तथा महोत्सव उपसमिति संयोजकहरुको सहभागिता रहेको थियो ।

महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको र अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा भएको छ ।

खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताए । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको छ ।

कपिलवस्तु जिल्लालाई विशिष्ठ पहिचान दिलाउन सफल र वि। सं २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले बताए ।

महोत्सवमा महोत्सवमा विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, सोनो सिटी (हिउमा खेलेको अनुभूति), जलपरि, सुनामी पिङग, १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतको आकर्षणले बाणगंगा मात्रै नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकले अपेक्षा गरेका छन् ।
स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा योगदान पुयाउने अपेक्षा गरिएको छ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्