कपिलवस्तु व्यापार मेलाको छैठौँ दिन गायक अर्जुन सापकोटाको धमाकेदार प्रस्तुति, दर्शकको भीडले रंगशाला भरियो


पालिका पत्र

१२ मंसिर २०८२, बिहीबार २१:१४ मा प्रकाशित

बाणगंगा, १० मंसिर । बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ९ गते बुधबार करिब ११ हजार दर्शकले अबलोकन गरेका छन् । छैठौं दिन लोकप्रिय गायक अजुर्न सपकोटा, उज्वल गिरी, सारदा खनाल, आश्मा बञ्जाडे लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । गायक अजुर्न सपकोटाले मोलामा उनले पछिल्लो समय चर्चामा आएको झलिको, पच्छउरी लिस्यो, दुई दुना चार, फुल्यो गुराँस, बसेऊ अलक्कै, दुख सटम्ला जस्ता गीतहरू गाएर मेलाको रौनक नै बदलिदिएका छन् ।

विहिबार मंसिर ११ गते मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक खुमन अधिकारी, शिलु भट्टराई, नारायण विपि परियार, विष्णु सिर्पालीे लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए । मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।

उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्