सीता बेल्बासे,मंसिर ११ गते कपिलबस्तु – भागीरथी गौँ–संरक्षण महोत्सव सुरु भएको छ । “संस्कृती समृद्धि र समादरका लागि गौ–संरक्षण” भन्ने मूल नारासहित भागीरथी गौ–संरक्षण विकास केन्द्र, बाणगंगा–८ मधुवनधाम कपिलवस्तुले आयोजना गरेको श्रीमद्भागवत धन धान्यनञ्चल ज्ञानमहायज्ञ एवं भागीरथी गौ–संरक्षण महोत्सवको विहिवार एक भव्य कार्यक्रमको बिच सुरु भएको हो ।
प्रमुख अथिति लुम्विनि प्रदेश सांसद विस्नु पन्थिले महोत्सवको उद्घाटन गदैँ पशुचौपायको संरक्षणमा प्रदेश सरका नै लागि परेको बताउनु भयो । गौँ धार्मीक सस्कार सगं जोडिएको हुदा यसको संरक्षणमा मानवको कर्तव्य रहेको बताउनु भयो । उनले हिन्दू धर्म संस्कृतिमा गाईको महत्व बढी हुने भन्दै यसको संरक्षणमा राज्यसमेत लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले गौं सरक्षण गर्नु जटिल अबस्था भएको बताउदै यसको लागि भागिरथि गौ–संरक्षण यो काम प्रसंसिय रहेको बताउनु भयो । साथै वाणगंगामा मात्रै समस्या नभएको हुदा जिल्लाबाट पनि सकेको सहयोग गर्ने बताउनु भयो ।
साताव्यापी धार्मिक अनुष्ठानमा प्रमुख कथा वाचक एवं संरक्षक वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलले गौ पूजन गर्दै साताव्यापी धार्मिक अनुष्ठान साथ कथा वाचन गर्न बताउनु भयो ।
यस्तै नगर प्रमख चक्रपाणि अर्यालले घरघरमा गाई पाल्न छाडेकाले यसको महत्व ह्रास आउन सक्ने भएकाले सबैलाई जानकारी प्रदान गर्न भागीरथी गौ–संरक्षण महोत्सव लगाएको बताउनु भयो । नगरले गौँ सरक्षणको लागि नगरको प्रमुख योजना भएको बताउदै रणनिति बनाएर बजेट छुट्रयार काम गरेको समेत जिकिर गर्नु भयो । साथै उहाँले यसमा सबैको सहयोग आवश्यक रहेको समेत औल्याउनु भयो ।
उपमेयर रिता कुमारी चौधरी, नगर प्रवता बिष्णु प्रसाद पौडेलले बाटोघाटोमा छाडिएका, मानवीय रूपमा उपेक्षित, खुट्टा भाँचिएका वा सडक दुर्घटनामा परेका गाईहरूको संरक्षण नगरले गरेको बताउनु भयो । बाणगंगा पुलको पूर्व–दक्षिणतर्फ बसपार्क, मधुवनमा गौशाला, वडा नं. ९ मा औद्योगिक ग्राम तथा फोहर मैला व्यवस्थापन केन्द्र, कैलास आश्रममा संस्कृत शिक्षा सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार छाडा पशु–चौपायाको व्यवस्थापनका लागि भागीरथी गौ–संरक्षण केन्द्रलाई चयन गरी आवश्यक संरचना निर्माण गरिएको छ ।
गाइहरुलाई संकलन र संरक्षण गरी दीर्घकालीन रुपमा पर्यटक भित्र्याउने तथा गाई संरक्षणको अवधारणा राखी महोत्सव आयोजना गर्न लागिएको भागीरथी गौ–संरक्षण विकास केन्द्र, कपिलवस्तुका अध्यक्ष तथा महोत्सव संयोजक चक्र बहादुर भण्डारीले बताउनुभयो ।
संयोजक भण्डारीका अनुसार एक वर्ष भित्र एक हजार गाई पाल्ने योजना रहेको र हाल करिब ४ सय गाई तथा ६ वटा गोठ रहेको उल्लेख गर्नुभयो । गौ–संरक्षण महोत्सवमा धार्मीक सस्थाका अगुवा आमा समुह, शिक्षक, कार्यपालिका सदस्य,वडा अध्यक्षहरु लगायको सहभागिता रहेको कार्यक्रमको सन्चालन ध्यान सिद्धार्थ गुणनिधि भुसाल र स्वामी समीर शायर भिमलाल भट्राईले गनु भएको थियो ।

यही मंसिर ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने यस भागीरथी गौ–संरक्षण महोत्सवमा भागीरथी गौ–संरक्षण महोत्सवमा दैनिक अनुष्ठान विहान ५ः३० देखि ७ बजे सम्म योग तथा ध्यान, ७ देखि १० बजे सम्म पूर्वाङ्ग, मूलपाठ, रुद्री, हवन, १०८ शालिग्राम पूजन तथा परिक्रमा, ११ बजे देखि ५ बजे सम्म संगीत–मय वाचन तथा भाँकी, साँझ ५ देखि ६ बजे सम्म गंगा आरती, पुष्पाञ्जली तथा गुरुहरूको बाहुलीबाट टीका र यज्ञ प्रसाद वितरण, तथा राति ७ बजे देखि ९ः३० बजे सम्म भाँकी तथा भजन–कीर्तन सञ्चालन हुने जनाइएको छ। आयोजक संस्थाले भक्तजन तथा स्थानीयवासीहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ प्राप्त गर्न र सकेको सहयोग गर्ने हार्दिक निमन्त्रणा समेत गरेको छ ।

