बाणगंगा, ११ मंसिर ।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ११ गते विहिबार करिब ४ हजार दर्शकले अबलोकन गरेका छन् । सातौं दिन लोकप्रिय गायक खुमन अधिकारी, शिलु भट्टराई, नारायण विपि परियार, विष्णु सिर्पालीे लगायतका कलाकारहरुको प्रस्तुतीले दर्शकलाई रमाईलो गराएका थिए ।
शुक्रबार मंसिर १२ गते मेलाको मुख्य आकर्षणमा नायक तथा मोडल पल शाह, मोडल नारायणी खत्रि लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।
मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

