डान्स स्टारमा शुक्रबार टप १० जनाको प्रतिस्पर्धा


पालिका पत्र

१२ मंसिर २०८२, बिहीबार २२:१३ मा प्रकाशित

बाणगंगा, ११ मंसिर । जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीअन्तर्गत संचालित ‘प्रथम डान्स स्टार’ प्रतियोगिताको सातौं दिनसम्म कुल २० जना प्रतिस्पर्धी बाहिरिएका छन् । शुक्रबार टप १० जना प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ । छैठौं दिन भोटिङ प्रक्रियाबाट थप १ जना प्रतिस्पर्धी बाहिरिएका हुन् ।

छैठांै दिन बुधबार भएको ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको निर्णयलाई आधार मान्दौ थप १ जना बाहिरीएका हुन् । स्टार प्रतिस्पर्धाको बुधबार भएको प्रस्तुतीको नतिजा बिहिबार सार्वजनिक गरिएको हो । संयोजक असिम कडेल क्षेत्रीका अनुसार नतिजा निकाल्दा ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको निर्णयलाई आधार मानिएको छ ।


मेला अन्तर्गतको सांस्कृतिक आकर्षणका रूपमा प्रस्तुत ‘डान्स स्टार’ मा सहभागीहरूको प्रस्तुती, लोकप्रियता तथा नृत्य क्षमता मूल्यांकनका आधारमा आगामी चरणका प्रतिस्पर्धी चयन गरिने बताइएको छ। आयोजकका अनुसार प्रतियोगिता क्रमशः रोचक बन्दै गएपछि दर्शकहरूको सहभागिता पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्