भैंसी र मान्छे मार्ने अभियुक्तलाई ‘क्लिन चिट’: प्रहरीदेखि न्यायालयसम्मको चलखेल पर्दाफास


पालिका पत्र

१९ मंसिर २०८२, बिहीबार ०८:५९ मा प्रकाशित

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

पावर र पैसाको दवावमा दुर्घटना घटाएर भागेका एक अभियुक्तलाई चोख्याउने प्रपञ्चको हालै पर्दाफास भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सरकारी न्यायाधिवक्ताको कार्यालय समेतको मिलेमतोमा कपिलवस्तुका व्यापारी अमरदीप कसौधनलाई जोगाउने षडयन्त्र भएको हो । यसमा प्रहरी र सरकारी वकिलदेखि न्यायालयसम्म ठूलै चलखेल भएको पाइएको छ ।

अमरदीप कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोष कसौधनका छोरा हुन् । उनी भन्सार एजेन्ट, ग्रेनाईट, मार्वललगायतका विभिन्न वैध अवैध धन्दामा संलग्न छन् । गत भदौ ८ गते भैरहवामा क्यासिनो खेलेर कपिलवस्तु फर्किदै गर्दा अमरदीपले चलाएको भारतीय नम्बरको गाडीले दोहनीमा बिहान ५ बजे भैसी डोयाएर बाटोमा हिडिरहेका एक किसानलाई ठक्कर दिएको थियो । मादक पदार्थ समेत सेवन गरेका अमरदीप ठक्कर दिएर भागेका थिए । भैसी घटनास्थलमै र कपिलवस्तु न।पा। वडा नं। ८ मैनिहवा निवासी ५४ बर्षिय रामशरन अहिर सिद्धार्थ सिटी अस्पतालमा उपचार पछि थप उपचारका लागि भारतको नौगढ लैजाँदै गर्दा भदौ ११ मा मृत्यु भएको थियो ।

मान्छे र भैसी हानेपछि भागेका अमरदीप गाडी तौलिहवाको घरमा लुकाएर भारततिर भागे । यता ट्राफिक प्रहरीले घटनाको स्केच बनायो, अनुसन्धान ग¥यो र गाडी पनि समात्यो । ड्राइभर पनि नक्कली खडा गरियो ।

तर प्रत्यक्षदर्शी, पीडित र घटनाको प्रारम्भिक अनुसन्धान गरेका प्रहरीले नमानेपछि घटनालाई नाटकजस्तै बनाइयो । देशभर भदौ २३ मा आन्दोलन चर्कियो, २४ गते जेलका कैदी भागे । त्यहि मौका छोपेर अमरदीप प्रहरीमा हाजिर भएको र थुनामा राख्दा असुरक्षा हुने भन्दै हाजिर जमानीमा छोडेको नक्कली डकुमेन्ट तयार गरियो । यसका लागि मौटै रकम खर्च भएको श्रोतले दावी गरेको छ ।

पीडकलाई उन्मुक्ति दिन सवारी तथा यातायात व्यवस्था ऐन २०६३ को दफा १६१(३) अनुसारको कसुरदार दावी गरि जिल्ला अदालतमा मुद्धा दायर भएको छ । ०८२(सिआई)००७० नम्बरको उक्त मुद्धामा माग भए बमोजिम अदालतले ५० हजार रुपैयाँ धरौटी लिई अमरदीप छुटिसकेका छन् ।

हिट एण्ड रन अर्थात ठक्कर दिएर भागेका अमरदीपले चलाएको गाडी भारतीय नम्बर प्लेटको हो । युपी १२ बिजे ९९९७ नम्बरको सो गाडीले ठक्कर दिएको समयमा नेपालमा चलाउन परमिट पनि लिएको थिएन । ठक्कर दिएपछि आफूले उठाउने वा अस्पतालतिर लैजाने कर्तब्य गाडी चालकको हुन्छ । उनी भागेका थिए । यस्तो अवस्थामा सवारी तथा यातायात ब्यवस्था ऐनको दफा १६१ को उपदफा १ या २ आकर्षित हुन्छ ।
आफुले दुर्घटना घटाएको र उपचार गराउन भारत गएको दावी अमरदीप कसौधनले गरे ।

भारतमै रहेका उनले घटनाको बिषयमा आफ्नो बाबु सन्तोषलाई बुझ्न भने । ठूलै रकम खर्च गरेर उन्मिनुभएछ नि भन्दा उनले भने, हैन होला, एकचोटी मेरो बुवासँग बुझ्नुस् न । उनका बुबा सन्तोष कसौधनले आफूलाई कानुनको बिषयमा केहि थाहा नभएको र सबै काम प्रकृया अनुसार भएको दावी गरे ।

समाचार श्रोतले कसौधनलाई जेनजी आन्दोलनपछिको बिषम परिस्थितिको फाइदा उठाउँदै ठूलै रकम हात पारेर सबै कागजी रुपमा मिलाएर छाडिएको दावी गरेको छ । ट्राफिक प्रहरीले तयार पारेको स्केच, हिट एण्ड रन र अन्य महत्वपूर्ण कागजपत्र फेरिएको छ ।

उक्त दुर्घटनामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका तत्कालिन प्रहरी निरिक्षक माधव विकले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेका थिए । सरकारी वकिलको कार्यालयले दुर्घटना गराई गाडी लुकाएर भागेका अमरदीपलाई सहयोग पुग्ने गरी आँखा चिम्लिएर १६१(३) कै माग दावी गरी जिल्ला अदालतमा मुद्धा पेश गरेको थियो । घटनाको गाम्भिर्यताभन्दा फरक ढंगले मुद्धा दायर गरी अभियुक्तलाई ५० हजार धरौटीमा छाडिएको बिषयमा जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतमले अनुसन्धान अधिकारीले दिएको प्रतिवेदनको आधारमा मुद्धा दायर भएको जिकिर गरे । तर यो भन्दा कमजोर सवारी ज्यान मुद्धामा पनि उनै गौतमले उपदफा २ लगाएका नजिरहरु छन् । यस बिषयमा थप विवरणहरु सार्वजनिक पछि सार्वजनिक गरिने छ ।

अदालतमा मुद्धा चलिरहेको छ, कमी कमजोरी भए स्वभाविक रुपमा सच्चिएला नि १, गौतमले भने । दुर्घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाएका प्रहरी निरिक्षक विकले आफुले बुझाएको प्रतिवेदनमा सरकारी वकिलले नमान्न सक्ने भएकाले सबै जिम्मेबारी आफ्नो नहुने बताउँछन् । उनले आफुले अनुसन्धान गरेको भएपनि टीमको सल्लाहबाटै सबै भएको र थप कुरा डिएसपीसँग बुझ्न सकिने बताए ।

प्रहरी उपरीक्षक सन्तोष आचार्यले आफू हालै सरुवा भएर बताउँदै आफू आउनुभन्दा अघिको घटना भएकाले बुझ्ने जानकारी दिए । प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले भने तत्कालिन अनुसन्धान अधिकृत माधव विकमाथि दोष थोपरे । अनुसन्धान अधिकृतले सबै हेरेर गरेको र सोहि अनुसार मुद्धा दायर गरिएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्