मंसिर १८, २०८२ बिहीबार
बाणगंगा । १६ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको महोत्सवको उद्घाटन लुम्बिनीस्थित रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश सुपोतले गर्ने भएका छन्। आज विहीबार मंसिर १८ गतेदेखि पुष १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा भव्य रूपमा आयोजना हुन लागेको महोत्सवले यसपटक धार्मिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रको सक्रियता बढाउने छ।
भिक्षु सुपोतले रोयल थाई मोनाष्ट्रीभित्रका विकास–निर्माण तथा व्यवस्थापनदेखि लेकर मायादेवी मन्दिर परिसरमा थाई संस्था ‘थाई पुंग थाई’ को सहयोगमा निर्माण भएका पैदल यात्रु पदमार्ग, सूचना केन्द्र, विश्रामगृह तथा बेबी बुद्ध मूर्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध पूजा–पाठ, भिक्षु दीक्षा कार्यक्रमहरू आयोजना गर्दै थाइल्याण्डबाट धार्मिक पर्यटक भित्र्याउन उनले पुर्याएको योगदान उल्लेखनीय मानिन्छ। सुपोत २५ वर्षको उमेरमा भिक्षु जीवनमा प्रवेश गरेका हुन्। सन् १९७० मा थाइल्याण्डमा जन्मिएका उनले नेपालमा गएको विनाशकारी भूकम्पपछि भूकम्पपीडित क्षेत्रसम्म पुगेर विभिन्न सहयोग पनि वितरण गरेका थिए।
१६ औं कपिलवस्तु महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणका अनुसार तीन वटा बुद्ध जन्मिएको पवित्र भूमि कपिलवस्तुबाट विश्वसमक्ष शान्तिको सन्देश प्रवाह गर्न भिक्षु सुपोतलाई उद्घाटनकर्ताको रूपमा चयन गरिएको हो। महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले विहीबार मंसिर १८ गते दिउँसो २ः०० बजे सुपोतले औपचारिक रूपमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । क्षेत्रीले भिक्षु तथा सामाजिक व्यक्तित्वहरुद्वारा महोत्समा शान्तिको सन्देश दिन १६ जोडी परेवा उडाउने जानकारी दिए ।
कृषि, पर्यटन, उद्योग, संस्कृतिको मिश्रित प्रदर्शनीका रूपमा परिचित कपिलवस्तु महोत्सवको उद्घाटन पहिलो पटक अध्यात्मिक गुरु सुपोत बाट हुनु असाध्यै समय सान्द्रभिक भएको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले बताए ।

