डिलाराम भुसाल कपिलवस्तु, १७ मंसिर प्रविधिको गलत उपयोगबाट बढ्दै गएको लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रणका उद्देश्यले कपिलवस्तु प्रहरीले विद्यालयका बालबालिकालाई लक्षित गर्दै जनचेतनामूलक अभियान थालेको छ । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ जिल््ला प्रहरी कार्यालय कपिलवस्तुले आज बुधवार तौलिहवाको गौढीचोकमा सचेतना कार्यक्रम आयोजना गर्दै १३ विद्यालयलाई फ्लेक्सप्रिन्ट बोर्ड तथा चेतनामूलक स्टिकर हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कपिलबस्तुका प्रमुख जिल््ला अधिकारी जनार्दन गौतमले प्रविधिको दुरुपयोगमार्फत हुने यौन दुव्र्यवहार, ब्ल्याकमेलिङ, चरित्रहत्या जस्ता घटनाले गम्भीर रूप लिइरहेको बताउँदै विद्यालय तहबाटै सचेतना विस्तार गर्नुपर्नेमा बताएका छन् । “महिला तथा बालबालिकामाथि हुँदै आएको हिंसाका तथ्यांक चाडै संवेदनशील नबने समाज नै जोखिममा प्रर्ने र यस्तो हिंसा व्यक्ति मात्र नभई परिवार र सम्पूर्ण समुदायलाई असर पार्ने भएकाले सबै पक्षको सामूहिक सहभागिता अपरिहार्य रहेको गौतमले बताएका छन् । कार्यक्रमका विशेष अतिथि कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले लैङ्गिक हिंसा नियन्त्रणका लागि रणनीतिक योजना, प्रभावकारी अनुसन्धान र पीडित सहयोगमा सबै निकाय एकसाथ लाग्नुपर्ने बताएका छन् । “पालिका र सुरक्षा निकायबीचको सहकार्य अझ सबल बनाउँदै विद्यालयस्तरमै सचेतना विस्तार गरिने र हिंसा रोकथामका कार्यक्रमलाई निरन्तरता दिन नगर पालिका लागी प्रर्ने पौडेलले बताएका छन् ।
कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले पछिल््लो समय अनलाइन प्लेटफर्म दुरुपयोग गरी चरित्रहत्या, ब्ल्याकमेलिङ र यौन दुव्र्यवहारका घटनामा वृद्धि भएकाले विद्यालयस्तरमै प्रविधि–सुरक्षा सम्बन्धी जागरण अत्यावश्यक भएको बताएका छन् । “हाम्रो तथ्यांक अनुसार लैङ्गिक हिंसा सम्बन्धी करिब ९२ प्रतिशत घटनामा पीडितले पहिले नै चिनेका व्यक्तिहरू संलग्न छन्।् प्रविधिको सही प्रयोगबारे सचेतना फैलाउन यो कार्यक्रम अत्यन्तै उपयोगी हुने,” आचार्यले बताए । कार्यक्रममा प्रस्तुत नेपाल प्रहरीको तथ्यांकअनुसार कुल हिंसाका २९ प्रतिशत घटनाहरू लैङ्गिक हिंसा तीमध्ये ८१ प्रतिशत घरेलु हिंसा रहेको बताएको छ । सातै प्रदेशमध्ये लुम्बिनी प्रदेश दोस्रो धेरै लैङ्गिक हिंसा हुने प्रदेशका रूपमा रहेको बताएको छ ।
कार्यक्रम अन्तर्गत जिल््लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरूले तौलिहवाको गौढीचोकदेखि आन्दोलनचोकसम्म प्लेकार्ड र ब्यानरसहिर्त याली निकालेका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलबस्तु नगरपालिकाका १२ वटै वडालाई समेट्दै १३ सामुदायिक तथा सरकारी विद्यालयलाई चेतनामूलक फ्लेक्स बोर्ड र स्टिकरहरू हस्तान्तरण गरिएको बताएको छ । कार्यक्रमा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल तथा मानवअधिकारकर्मी रवि ठाकुरले सबैले सहकार्य, समन्वय र निरन्तर जनचेतना नै हिंसामुक्त समाज निर्माणको आधार रहेको उल्लेख गरेका छन् ।

