“आज शुक्रबार बुद्ध रंगशालामा राष्ट्रिय कलाकारदेखि हिउमा खेलेको अनुभूति लगायतका विशेष आकर्षण”


पालिका पत्र

२० मंसिर २०८२, शुक्रबार २१:३७ मा प्रकाशित

मंसिर १९, २०८२ शुक्रबार
बाणगंगा । कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको १६औँ कपिलवस्तु महोत्सव, कृषि–पर्यटन तथा औद्योगिक प्रदर्शनी आगामी पुस १ गतेसम्म विभिन्न आकर्षक कार्यक्रमसहित जारी रहने छ । महोत्सवको दोस्रो दिन मंसिर १९ गते, शुक्रबार राष्ट्रिय कलाकारहरू रमेश राज भट्टराई, दिपक दर्लामी मगर र विष्णु मगरले बेजोड, स्थानीय कलाकार र १४ औं डान्स आइडल प्रतियोगीहरुले बेजोड प्रस्तुती दिएका छन् ।

भोली २० गते शनिबार राष्ट्रिय स्तरमै चर्चित स्त्री व्यान्ड, प्रिति आले, थानेश्वर गौतम लगायतले बेजोड प्रस्तुती दिने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।

शनिबार नै रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजनामा वरिष्ठ डाक्टर नन्दु पाठकको नेतृत्वमा निःशुल्क स्वास्थ शिविर हुने महोत्सवका शिक्षा उप( समिति संयोजक तथा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका पूर्व अध्यक्ष बासुदेव घिमिरेले जानकारी दिए ।

महोत्सवमा विशेषगरी सोनो सिटी (हिउँमा खेल्ने अनुभूति), जलपरि, १४ औँ कपिलवस्तु डान्स आइडल, सुनामी पिङ्ग, बाल उद्यान, मम्मी डान्स लगायतका आकर्षणले सबै उमेरका दर्शकलाई लोभ्याउने अपेक्षा गरिएको छ।

महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, मनोरञ्जनपूर्ण र सहभागितामूलक बनाउन विशेष तयारी गरिएको “राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, नयाँ–नयाँ आकर्षण र विविध प्रदर्शनमार्फत महोत्सवलाई अझ आकर्षक बनाउन लागि परेको बताए । खाँणले महोत्सव अवलोकन गरी सल्लाह र सुझाव दिनु हुन कपिलवस्तु जिल्लावासी र छिमेकी जिल्लावासीलाई विशेष आग्रह गरे ।

स्थानीय उत्पादनदेखि आधुनिक मनोरञ्जनसम्म एउटै स्थलमा पाउन सकिने भएकाले महोत्सवमा दैनिक रुपमा दर्शकको बाक्लो उपस्थिति रहने आयोजकले जनाएका छन् । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्