वृद्ध–वृदा, अपाङ्गताालाई निःशुल्क, विद्यार्थीलाई ५० र मेला अवलोकनकर्तालाई ८० को टिकट


पालिका पत्र

२१ मंसिर २०८२, शनिबार ०८:४३ मा प्रकाशित

मंसिर १०, २०८२ शनिबार
बुद्धरंगशाला । बाणगंगाको चारनम्बर जितपुर स्थित बुद्ध रंगशालमा मंसिर १८ गते बिहीबारबाट सुरु भएको १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा महोत्सव प्रवेशका लागि वृद्ध–वृदा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेश दिने निर्णय भएको महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए । सामाजिक समावेशिता र वृद्ध–वृदा, अपाङ्गता भएका नागरिकको सम्मानमा निःशुल्क प्रवेश व्यवस्था गरिएको खाँणले बताए ।

त्यस्तै विद्यार्थीहरूका लागि ५० रुपैयाँ टिकट तोकिएको छ। विद्यार्थीलाई अध्ययनसँगै सांस्कृतिक, कृषि तथा औद्योगिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न प्रेरित गर्ने उद्देश्यले छुट राखिएको टिकट व्यवस्थापन उप समिति संयोजक प्रताप सेनले बताए । सेनले मेला हेर्न आउने अवलोकनकर्ताका लागि टिकट ८० रुपैयाँ तोकिएको बताए । सहज, किफायती तथा सबै वर्गका दर्शकलाई समेट्ने गरी टिकट दर निर्धारण गरिएको सेनले बताए । सेनले वृद्ध–वृद्धाका लागि वृद्ध भत्ताको परिचय पत्र र अपाङ्गताका लागि भने उहाँको शारीरिक अवस्था र विद्यार्थीका लागि परिचयपत्रलाई आधार मानिने बताए ।

रु ५० र ८० को टिकटबाट आजदेखि सुरु हुने १४ औं कपिलवस्तु डान्स आइडलमा उत्कृष्ट नृत्यगर्नेलाई भोटिङ्ग गर्न पाउने र ५० प्रतिशत भोट र ५० प्रतिशत निर्णायकको निर्णयबाट प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थानको महोत्सवको समापनमा घोषणा हुने महोत्सवका पूर्व संयोजक तथा आइडल संयोजक पदम सेनले जानकारी दिए ।

महोत्सवमा विशेषगरी सोनो सिटी (हिउँमा खेल्ने अनुभूति), जलपरि, १४औँ कपिलवस्तु डान्स आइडल, सुनामी पिङ्ग, बाल उद्यान, मम्मी डान्स लगायतका आकर्षणले सबै उमेरका दर्शकलाई लोभ्याउने अपेक्षा गरिएको छ।

यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, मनोरञ्जनपूर्ण र सहभागितामूलक बनाउन विशेष तयारी गरिएको छ। “राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, नयाँ–नयाँ आकर्षण र विविध प्रदर्शनमार्फत महोत्सवलाई अझ आकर्षक बनाउन हामी प्रतिबद्ध छौँ रोकाहाले भने ।

महोत्सवमा ३०० स्टल रहेका जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल रहेका छन् ।

स्थानीय उत्पादनदेखि आधुनिक मनोरञ्जनसम्म एउटै स्थलमा पाउन सकिने भएकाले महोत्सवमा दैनिक रुपमा दर्शकको बाक्लो उपस्थिति रहने आयोजकले जनाएका छन् । मंसिर १८ देखि सुरु भएको महोत्सव पुष १ गतेसम्म चल्ने र कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्