कपिलवस्तु । सिद्धार्थ क्याम्पस कपिलवस्तुका स्ववियु सभापती मनोज न्यौपाने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद नेपालको लुम्बिनी प्रदेश सभापतीमा निर्वाचित भएका छन । सोमबार काठमाडौमा भएको निर्वाचनमा सर्वसम्मत रुपमा चयन भएका हुन ।
त्यस्तै उपसभापतीमा अम्बर बहादुर बुढा क्षेत्री, सचिवमा गौरब विक्रम शाह, सहसचिवमा आदेश राना, कोषाध्यक्षमा मुक्तिराम पोख्रेल चयन हुनुभएको छ ।
न्यौपाने सिद्धार्थ क्याम्पसका निवर्तमान कोषाध्यक्ष समेत रहेका थिए ।

