१६ औं कपिलवस्तु महोत्सवमा आर्थिक पारदर्शिता गरेर महोत्सव लगत्तै लेखा–जोखा सार्वजनिक गर्छौः पाण्डे


पालिका पत्र

२२ मंसिर २०८२, आईतवार ०८:१७ मा प्रकाशित

बाणगंगा । बाणगंगाको चार नम्बर जितपुरस्थित बुद्ध रंगशालामा मंसिर १८ गते बिहीबारबाट सुरु भएको १६औँ कपिलवस्तु महोत्सव, कृषि–पर्यटन तथा औद्योगिक प्रदर्शनीले सहभागी तथा आगन्तुकमा उत्साह थप्दै गएको छ। महोत्सवको आर्थिक पक्षबारे उठ्न सक्ने जिज्ञासालाई सम्बोधन गर्दै आर्थिक तथा लेखा व्यवस्थापन संयोजक मोहन पाण्डेले सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले अघि बढाइने स्पष्ट गरेका छन्।

आयोजक संस्था बाणगंगा वेयलफेयर सोसाइटीका कोषाध्यक्ष समेत रहेका महोत्सवका आर्थिक उप–समिति संयोजक पाण्डेले महोत्सवमा भएका सम्पूर्ण आय–व्यय, खर्च विवरण तथा लेखा प्रणाली महोत्सव सम्पन्न भएपछि सार्वजनिक गरिने र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेको महोत्सव सकिएको केही दिनमै सबै वित्तीय विवरण खुला रुपमा प्रस्तुत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्