साना किसान कृषि सहकारी संस्था लि. हथौसाको १२ औं बार्षिक साधारणसभा सदस्यको सक्रियता र पारदर्शितामा जोड


पालिका पत्र

२३ मंसिर २०८२, सोमबार ०९:४८ मा प्रकाशित

मंसिर २२ , २०८२ आइतबार
ओदारी । साना किसान कृषि सहकारी संस्था लिमिटेड हथौसाको १२ औं बार्षिक साधारण सभा आज शनिबार बाणगंगा–११ ओदारीस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ । सहकारीका पदाधिकारी, सेयर सदस्य, कर्मचारी लगायतको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापकअध्यक्ष लक्षीमा भट्टराईले सहकारीको सुदृढ व्यवस्थापनका लागि सदस्यको सक्रियता र पारदर्शिता नै मुख्य आधार भएको बताउनुभयो ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था बुटवलका अधिकृत निराजन निसादले ग्रामीण कृषकलाई वित्तीय पहुँचमा जोडेर उत्पादन वृद्धि गर्न सहकारीहरू निर्णायक भूमिकामा रहेको बताउनुभयो । यस्तै संस्थाका पुर्व सल्लाहकार सदस्य अम्बिका भट्टराईले सहकारी बिना स्थानीय आर्थिक समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष टिका कुमारी क्षेत्रीले आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै सदस्यहरुको विश्वास र सहकार्य कै कारण संस्था अघि बढिरहेको बताउदै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गरिने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै संस्थाका सेयर सदस्य तथा बाणगंगा नगरपालिका वडा नं। ११ का वडा सदस्य इमकला केसी, दलित महिला सदस्य सावित्रा विकको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्था प्रवन्धक माया पौडेल भट्टराईले आर्थिक प्रतिवेदन, लेखा संयोजक सिता पाण्डेले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएका छन् ।

सो अवसरमा सहकारीले असल बचतकर्तालाई सम्मान गर्नुका साथै, सदस्य परिवारका विद्यार्थीमध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सफल कृषक तथा विभिन्न योगदान पुयाउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष टिका कुमारी क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष मोहनी खनालको स्वागत मन्तब्य तथा संस्थाका प्रवन्धक माया पौडेल भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्