हिलवर्ट स्कुलमा एन.सी. सी क्याडेट बाटपास आउट परेड सम्मपन्न


पालिका पत्र

२४ मंसिर २०८२, मंगलवार १०:०८ मा प्रकाशित

हिलवर्ट इङ्गिलस बोडिङ्ग स्कुलमा एन.सी.सी क्याडेट बाट पास आउट परेट सम्मपन्न भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलले एन.सी.सी क्याडेटहरुले पास आउट परेट सम्मपन्न गरि फर्किएका हुन ।
उक्त कार्यक्रममा विद्यालय बाट छात्रा छात्र गरी ३० जना क्याडेट सहभागी भएका थिए । । १ सय दिनको तालिम मध्ये ७९ दिनको तालिम विद्यालयमा र २१ दिनको तालिम मध्य शिक्षालय कावासोती हात्तिखोर स्थित नेपाली सेनाको शिक्षालयमा भएको बिद्यालयले जनाएको छ । उक्त तालिममा विभिन्न विद्यालयका ५६० एन.सी.सी. क्याडेट मध्ये हिलवर्ट स्कुलकी छात्रा क्याडेट दिपिका खत्रीले अण्डर सिनियर अफिसरको उपाधि जित्न सफल भएकी थिइन । उनैको कमाण्डमा सम्पुर्ण क्याडेटले पास आउट परेट सम्पन्न गरेका थिए ।

त्यास्तै सोहि विद्यालयका छात्र एलिना चौधरीको नेतृत्वमा कोडगाड सलामि दिइएको थियो । क्याटेड लोइन मिदुन पलाटुन जुनियर कमाण्डरको ब्याज प्राप्त गरि पास आउट परेटको नेतृत्व गर्ने मौका समेत प्राप्त गरेकी थिइन ।

विद्यालयका एन।सी।सी क्याडेटद्वारा प्रस्तुत गरिएको सांस्कृतिक नृत्यमा सहभागि १९ विद्यालय बाट प्रथम स्थान हासिल गरेको थियो । उक्त कार्यक्रममा दिपिका खत्रीलाई मध्य पश्चिम पृतनापति उपरभि मेजर प्रेम बहादुर पुन बाट सिनियर अन्डर अफिसरको ब्याज तथा दर्जामानी चिन्ह प्रदान गरिएको थियो ।

प्रथम स्थान हासिल गर्ने हिलवर्ट स्कुललाई ट्रफी तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । छत्रा कमाण्डर दिपिका खत्रीलाई युवा आदान प्रदान कार्यक्रम अन्तर्गत विदेश भ्रमणको अवसर समेत प्रदान गरिएको शिक्षालयका प्रमुख सेनानी दिनेश चौलागाईले जानकारी दिनुभयो । विद्यालयका ३० जना क्याडेटको नेतृत्व शिक्षक भीमराज शाहिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्