palikapatra.com
मंसिर २८, २०८२ आइतबार
सम्राट सापकोटा,
बाणगंगा । बाणगंगाको बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा १४ औं कपिलवस्तु डान्स आइडलको रोमाञ्चकताको झनै उत्कर्षमा पुगेको छ । आज शनिबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नं. १० की अपरिजिता घिमिरे आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि पर्न गइन ।
प्रमुख निर्णायक हरिशरण रिजालले शनिबार ७ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड कला प्रस्तुत गरेको बताए । प्रतिष्पर्धामा घिमिरे बाहिरिएपछि अब आइडलको ताजका लागि जम्मा ६ जना टप प्रतियोगीहरूबीच कडा प्रतिष्पर्धा हुनेछ । क्रमश प्रतियोगीहरु बाहिरिँदै जानेछन् ।डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेज चढ्न सफल भएका थिए ।
आइतबार प्रतियोगी नं. १ ओजस्वी क्षेत्री, प्रतियोगी नं. २ सचिन परियार, प्रतियोगी नं. ७ गिताञ्जली मगर, प्रतियोगी नं ९ समृद्धि पन्त, प्रतियोगी नं. ११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुबीच कडा रोमाञ्चक प्रतिष्पर्धा हुने १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।
१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।
आइडलमा हरेक प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्नैपर्ने दबाब छ। अब बाँकी रहेका १० प्रतिष्पर्धीहरूमध्ये कसले यो १४ औं संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरेला भन्ने नतिजा पुष १ गते घोषणा नहुँदासम्म दर्शकमा उत्कट जिज्ञासा र उत्सुकता छाउने छ ।

