महोत्सवमा ज्येष्ठ र असहाय लक्षित निःशुल्क खाजा वितरण


पालिका पत्र

१ पुष २०८२, मंगलवार १३:११ मा प्रकाशित

कपिलवस्तु, २९ मंसिर । १६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपालले “हंगर रिलिफ प्रोग्राम” अन्तर्गत स्थानीय स्वादसँगै मानवीय सेवा र निःशुल्क खाजा वितरण कार्यक्रम गरिएको छ ।

“स्थानीय स्वाद–मानवीय सहयोग–पर्यटन सेवाका लागि” भन्ने मूल नारासहित सञ्चालन भएको उक्त कार्यक्रममार्फत स्थानीय तथा मौलिक खानाको प्रवर्द्धन गर्नुका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहाय वर्गलाई लक्षित गरी मानवीय सेवा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । साथै पर्यटन व्यवसायसँग सामाजिक उत्तरदायित्व जोड्दै सेवा र सहयोगको सन्देश फैलाउने लक्ष्य पनि कार्यक्रममा समेटिएको आयोजकले जनाएको छ।

कार्यक्रम सोमबार दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म कपिलवस्तु महोत्सव स्थल बुद्ध रंगशालामा सञ्चालन भएको थियो ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको सहकार्य, १६औँ कपिलवस्तु महोत्सव मूल आयोजक समिति तथा लायन्स क्लब अफ कपिलवस्तु स्टारको सहकार्यमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्