कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत बुद्ध रंगशालामा पहिलो पटक आयोजना गरिएको मम्मी डान्स प्रतियोगिता आज सोमबार ग्रान्ड फिनालेमा प्रवेश गरेको छ। फरक अवधारणा, ऊर्जा र आत्मविश्वासले भरिएको यो प्रतियोगिताले महोत्सवमा दर्शकको विशेष ध्यान खिच्न सफल भएको छ।
३० जना अडियन्सबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका आधारमा १० जना प्रतियोगी स्टेजसम्म पुग्न सफल भएका थिए। तीमध्येबाट छनोट भई अब ४ जना मम्मीहरूबीच सोमबार निर्णायक प्रतिस्पर्धा हुने भएको हो।
ग्रान्ड फिनालीमा प्रतिस्पर्धा गर्ने प्रतियोगीहरूमा ज्योति केसी, बबिता थापा, नीलम अर्याल बेलबासे, सरिता थापा रहेका छन् । मम्मी डान्स प्रतियोगिताका प्रमुख निर्णायक प्रेम थापाले सोमबार हुने फिनाले अत्यन्तै रोमाञ्चक हुने बताए । थापाले चारै जना प्रतियोगीले अहिलेसम्म असाधारण प्रस्तुति रहेको छ आत्मविश्वास, अभिव्यक्ति र नृत्यकला सबै पक्षबाट सोमबार दर्शकले बेजोड प्रस्तुति हेर्न पाउने उनले बताए ।
त्यस्तै, १४ औं कपिलवस्तु डान्स आइडलका संयोजक पदम सेनले मम्मी डान्स प्रतियोगितामा प्रथम हुनेले २२ हजार २ सय २२, द्वितीय हुनेले १५ हजार ५ सय ५५, तृतीय हुनेले ११ हजार १ सय ११ र सान्तवना हुनेले ५ हजार ५ सय ५५ नगद ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।
सेनले पहिलो पटक मम्मीहरूलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिताले अपेक्षाभन्दा धेरै राम्रो प्रतिक्रिया पाएको बताउँदै भने,
“मम्मी डान्सले महिलाको आत्मविश्वास, प्रतिभा र ऊर्जालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर दिएको छ। दर्शकको आकर्षण देखेर आगामी महोत्सवहरूमा पनि यसलाई निरन्तरता दिनुपर्ने आफूलाई लागेको सेनले बताए ।