३ पुस २०८२ बिहिबार
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र मौसम मुख्यतया सफा रहेको छ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

