भारतीय र नेपाली दुवै नागरिकता लिने कपिलवस्तुका दुई जना पक्राउ


पालिका पत्र

५ पुष २०८२, शनिबार ०७:५७ मा प्रकाशित

दोहोरो नागरिकतासँगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन । मायादेवी १ का दुर्गेशकुमार सोनार तथा कपिलवस्तु मायादेवी ७ का निरजकुमार मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाइएको हो । मिश्रा २०८१ पुस ३ गते हुन्डी सम्बन्धी कारोवारको आरोपमा पक्राउ परेका थिए । त्यही बेला १५ लाख ७० हजार नगद नेपाली नागरिकताको प्रमण पत्र, मतदाता प्रमाण पत्र र भारतीय आधार पत्र बरामद भएको थियो ।

त्यस हुन्डी सम्बन्धी मुद्दामा उनलाई अदालतले ६० हजार धरौटीमा छाडेको थियो । तर मिश्रा माथी दोहोरो परिचय पत्र लिएको आरोपमा मुद्दा चलाइएको थियो । मिटर ब्याजी समेत रहेका दुर्गेश भारत सिद्धार्थनगर जिल्लाको बर्डपुर थाना नौगढ तहसिल बस्ने भारतीय नागरिक भएको र उनले मायादेवी १ का बाबुराम सोनारलाई बाबु बनाई २०५७ चैत ६ गते वंशजको नागरिकता लिएका थिए । उनले ७ बर्षदेखि मीटरव्याजमा स्थानीय १७ जनाको घरजग्गा आफ्नो नाममा गराएको मुद्धा प्रशासनमा छ ।

पक्राउ दुबैको भारतीय र नेपाली परिचय पत्र सक्कल भएको पुष्टि हुने पर्याप्त आधार भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । पक्राउ परेका दुई जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्