रेडियो मायादेवीका अध्यक्ष कुवरद्वारा भागिरथी गौ–संरक्षणका लागि ५ लाखभन्दा बढी सेवादान प्रदान


पालिका पत्र

१४ पुष २०८२, सोमबार १३:२१ मा प्रकाशित

कपिलवस्तु, १४ पुस । भागिरथी गौ–संरक्षण विकास केन्द्र, बाणगंगामा केही दिन सञ्चालन भएको महायज्ञका क्रममा पाँच लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका वरिष्ठ समाजसेवी कृष्णबहादुर कुँवरले शनिबार सो रकम हस्तान्तरण गर्नुभएको छ ।

सामुदायिक रेडियो मायादेवीका अध्यक्षसमेत रहनुभएका समाजसेवी कुँवरले गौ–संरक्षणका लागि पाँच लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सेवादान प्रदान गर्नुभएको हो । उक्त रकम गौ–संरक्षण समितिलाई चेकमार्फत औपचारिक रूपमा हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ ।

समाज, धर्म तथा सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवद्र्धनमा निरन्तर सक्रिय रहँदै आउनुभएका कुँवरको यस सहयोगले गौ–संरक्षण अभियानलाई थप मजबुत बनाउने विश्वास समितिले व्यक्त गरेको छ ।

गौ–संरक्षण समितिले समाजसेवी कुँवरको योगदानलाई उदाहरणीय भन्दै गौ–संरक्षणमा देखाउनुभएको सहयोगप्रति हार्दिक आभार, कृतज्ञता तथा सम्मान व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्