शीतलहरका कारण तराईको जनजीवन प्रभावित भएको छ । शीतलहरले दैनिक ज्यालादारी तथा कामका सिलसिलामा बाहिरिनुपर्नेलाई सास्ती भएको छ भने विद्यालय जाने बालबालिका तथा शिक्षकहरूसमेत प्रभावित भएका छन् ।
अझै शीतलहरको प्रभाव घट्ने क्रम नभएकाले जिल्लाका केही स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएपनि केही विद्यालयहरु भने सञ्चालनमा रहेका छन्।
शीतलहरको अत्यधिक प्रभाव बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने गरेकोमा विद्यालय जाने बालबालिका र दीर्घरोगी ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन्।

